Posted by: aficionado July 19, 2009
मान्छेको मासु खाने राष्ट्रपति
Login in to Rate this Post:     0       ?        

तपाईले फिल्ममा वा कथाहरुमा मानिसले मानिसको मासु खाएको त देख्नु वा सुन्नु भएकै
होला। कुनै देशको राष्ट्रपतिले पनि मान्छेको मासु खान्थे भन्दा सायद तपाईलाई पत्यार
नलाग्न सक्छ। तर यो सत्य हो युगाण्डाका भुतपूर्व राष्ट्र पति ईदी अमिनले मानिसको
मासु खान्थे। सन् १९७१ देखि १९७९ सम्म युगाण्डाका राष्ट्रपति भएका उनले आफ्नो
शासनकालमा पाँच लाख मानिसको हत्या गरेको भनाई छ।


एकदमै रिसाहा र सन्काहा भएकाले उनलाई केही शंका लागेमा उसको तुरुन्तै हत्या
गरीहाल्ने उनको बानी थियो। उनले मानिसहरुको हत्या गरी चक्कुले काटेर तिनको मासु
काँचै खाने गर्थे।  एकदम पिडा दिएर मानिसको हत्या गर्नु उनको सौख थियो।


उनले महिलाहरु लाई समेत अत्यन्तै अमानविय तरीकाले हत्या गर्ने गरेको पाईएको
छ। महिलाहरुको हत्या गर्दा उनले स्तन,  नाक,  कान, गुप्ताङमा  हतियार प्रहार गरेर
मार्ने गर्थे। उनको सन् २००३ मा साउदि अरबमा मृत्यु भएको थियो।

Read Full Discussion Thread for this article