Posted by: damikattu July 18, 2009
आई लभ यू मेरिना
Login in to Rate this Post:     0       ?        

नयाँ पत्रिका



१९ वषिर्या ख्याति श्रेष्ठको अपहरण र हत्या अभियोगमा पक्राउ परेका
वीरेन श्रेष्ठले हिरासतको भित्तामा पटकपटक लेखे आइ लभ यू मेरिना ।
ख्यातिको अपहरण र हत्यामा मतियारको रुपमा पक्राउ परेकी मेरिनाले शुक्रबार
आलतबाट र्फकने बेला वीरेनलाई भनिन, 'म गएँ है बाबा ।'

४१ वर्षीय वीरेन र १६ वर्षीय मेरिनाबीच प्रेम थियो भन्ने खुलासा पहिलै पनि
भएको हो । तर, बदमाशी र तिरस्कारको उत्कर्षमा पनि उनीहरुबीचको प्रेम कम
भएको छैन ।

हत्याका अभियुक्तका रुपम शुक्रबार अदालतमा पेस हुँदा दुवैका आँखा
भिजेकाथिए । पीडित पक्षको आक्रमणबाट बचाउदै प्रहरीले उनीहरुलाई एउटै
भ्यानमा राखेर अदालतबाट बाहिर लगेको थियो, वीरेनले पी क्याप लगाएका थिए
भने मेरिनाले कालो कपडाले छोपिएको थियो ।

Read Full Discussion Thread for this article