Posted by: Deep July 18, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
गोमादीदी चिया लिएर आईन। --

चिया उनले हामी सबैलाई लिएर आएकी रहीछन, बुझाईन, अनि हामी र तरुनीहरु प्रति बिशेष लक्षणको हेराई हुर्याईन मानौ उनको हेराईले भनेको यही हो "चर्तिकला नदेखेको छैन मैले"। गोमादीदी ओर्ले पछी, सायद उनको अघिको हेराई प्रति सतर्क भएर होला तरुनीहरु पनि चिया लिएर कौसीबाट ओर्लीन भर्यागं तर्फ लागेको देखे पछी उनीहरुले समेत सुन्ने गरी बाङ्गेलाई मैले भने "यार, तँ त अन्तिम बस स्टप जस्तो भईस नी -- तँ आए पछी त जम्मै ओर्लिन लागे"।

तरुनीहरुले पछाडी फर्केर हामीलाई हेरे, मुस्कुराए अनि ओर्लिए। बाङ्गेले थप्यो "अन्तिम बस स्टप त ओर्लिनेहरुको लागि मात्रै हो, चड्नेहरुको लागि त सुरुवात नै त्यही हो" यस पटक उनीहरु पछाडी फर्किएनन् तर उस्को कुरा सुनुन्जेल ओर्लिने क्रमलाई भने रोके।

चिया सकेर हामी तल ओर्लिदा तरुनीहरु हामीलाई पढाउने कोठा अगाडी भेटीए। "जान लाको?" एउटीले लच्केर सोधी। त्यो सोधाईमा प्रश्न थिएन तर।

हाम्ले जबाफ दिनु अघि नै अर्किले अरु लच्केर बोली "भुजा ज्युनार भएर सवारी होस न"।

बाङ्गे र म किला गाड्या जस्तो ठिङ्ग उभीए रा थिम त्यहाँ। 

"अघि बसको कुरा गर्या होईन? ड्राईभर चै को नी?"

"पैला बसमा काम गर्ने गर्या थ्यो हो?"

"एक जना ड्राईभर एक जना ढ्याङ्ग ढ्याङ्ग गर्ने हो?" 

उनीहरुले पालै पालो सोधे --- अनि हामीलाई त्यहीँ किलामा छोडेर उनीहरु हाँस्दै एउटा कोठामा पसे। हाम्रो पनि किला फुस्कियो, ओर्लिएम भर्यागं। आन्टी सँग बिनम्रता पूर्बक बिदा भएर लागियो बाटो।

घर बाहीर निस्कीए पछी मैले भनेँ "यार बाङ्गे, भित्र त अघि असिनाले दरो चुट्यो  ---ठीटीहरु त दर्कीए नी"

"खडेरीमा मर्नु भन्दा त दर्केर बर्सेको असीना नै खप्नु बेस " उस्ले चुरोट झिक्दै भन्यो अनि थप्यो, "खडेरी सकिन्छ सकिन्न ठेगान हुन्न, तर असिना धेरै बेर पर्दैन"

मैले सलाई कोरेँ अनि सल्केको ज्वालालाई हत्केलाले छेकेँ निभ्ला भनेर, उस्ले चुरोट सल्कायो ---पिचकारीले पानी तानेको जसरी तान्यो धुवाँ अनि म:म पाक्दो भाँडोको बिर्को खोल्दा फैलीईने बाफ जसरी धुबाँ छोडेर चुरोट म तिर तेर्सायो। जाडोमा चुरोट तान्दाको मजै बेग्लै।

"अघि शिबदाईको गफ त गज्जब दिईस नी" बालमन्दीरको पश्चिम तिरको ढोका आईपुग्दा मैले भनेँ बाङ्गेलाई।

"हेर बाबु केटीलाई आईडिया त दिनु पर्यो नी -- तिम्रो जग्गेमा आउने मै हो --- तिमिले पारेउ ट्र्याजिडी भनें ट्वाँटले हुर्‍रीदैं हैन भने जन्ती सँग सुर्‍रीदैं आउँछु भन्ने जानकारी गराईदिनु परेन? तँ पनि के गरेर हुन्छ दे संकेत तेरीलाई-- आफ्नी पनि अनि तेरी पनि दुईटैलाई जानकारी दिन सक्दिन म--आफ्नो ब्यबस्था आफै गर--खोला सम्म ल्याईदेको छु, मेटाउने हो तिर्खा भने भर अंजुलीमा हैन भने मलाई थाह छैन" बाङ्गेले भन्यो।

"अंजुलीमा हैन पाए त म त अंगालोमा चै भर्थें नी" मैले भनें अनि थपें तर अंगालोमा लिनु पो कस्लाई----मेरी चैं कुन हो कुन?"

हामी टंगाल स्कुलबाट गहना खोज्ने पोखरी तिर लाग्दै थिएम।

बाङ्गेले म तिर हेर्दै भन्यो "हामीले यो मेरी यो तेरी भनेर केई न केई --अब उनीहरुलाई नै छान्न दे--उनीहरुले छाने पछी चै फाईनल नी फेरी--चोखे सोखे लाउने हैन--अहिले नै भन्देको छु मैले"

लाम पोखरी पुग्दा शिबदाई भेट भो, झुसिलकीरे आँखि भुईँ उठाएर आलुबखडाका बिया झैँ आखा पिर्लिक्क पल्टाउँदै सोधे "चुरोट छ?"

बाङ्गेले ५५५ को बट्टा शिबदाई तिर बढायो। उनले दुई खिल्ली झिकेका थिए, "बट्टै राख्नुस दाई" बाङ्गेले अस्तिको गुन तिर्दै भन्यो।

शिबदाई एक पलको लागि छक्क परे तर फेरी बाङ्गेले सोच बदल्ला भनेर होला बट्टा खल्ती तिर हाल्दै चुरोट ईतरको कुरा गरे "तिमीहरुलाई कसैले छोयो भने मलाई भन्नु, टडकले ट्वाक किच्या जसरी चेप्टाईदिन्छु"।

"ह्स दाई" हाम्ले स्वर मिलाएम। चुरोट सल्काए शिबदाईले अनि भगबतीथान तिर बाटो लागे गाउँदै "मधुबन खुसुबु देता है ---"

"अब सुरेश अंकलहरुलाई घरमा खान बोलाउने बन्दोबस्त मिलाउँछु म -- सपरीवार। तँ पनि आईज। कति हामीहरु मात्रै ससुराली गैरहने, उनीहरु पनि घर आउन न"। बाङ्गेले उस्को घर अगाडी टक्क रोकीएर भन्यो। ...




Read Full Discussion Thread for this article