Posted by: Nepe July 17, 2009
Look at him ! Sooooooo cute :-)
Login in to Rate this Post:     1       ?         Liked by

 

 

 

I concur with Syagjali. Don’t rush to judge. The kid in the picture could be just emulating what his parents were doing, as Boredji put.


 एक पल्ट मैले पनि यस्तो भारी बोकेको छु । तर यो भन्दा धेरै गह्रुंगो । सारै सास्ती पाईया थ्यो ।


 मेरो भारी चाही काठको एउटा छोटो मुढाको थियो र त्यो मैले अरु ठूला मान्छेसंग वन जाने रहरमा बोक्नु परेको थियो, आफ्नै फुर्तिले । भारी त बोकियो, तर सय दुईसय मीटर हिडे पछि ज्यानले धान्नै नसक्ने गरी गह्रुङ्गो लाग्न थाल्यो । फेरि आफ्नै रहर र फुर्तिले बोकेको हुनाले सकिनँ भन्दा ईज्जत जाला भन्ने पनि लाग्यो र केही बेरसम्म त जसोतसो धानें । त्यसपछि के भयो नभनिराखौं, तर त्यो यातनामय भारीबोकाई (काठको मुढा र ईज्जत को भारी ) अझै सम्झन्छु । यो म ९-१० वर्ष हुँदाको कुरा हो ।

 


 


 

यही हो वन चाही । पहेंलो तारा भएको ठाउँ चाही मैले बोकेको मुढा उठाईएको ठाउँ हो । र कथा चाही पञ्चायतकालमा यो वनको तीव्र फडानी भईरहेको बेलाको हो । अहिले त यो संरक्षित छ ।


 Nepe

Last edited: 18-Jul-09 02:41 PM
Read Full Discussion Thread for this article