Posted by: serial July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

अन्तिम भाग


तरुनी - के भो - व्हेर डु यू वोर्क


लहरे - वाल स्त्रिट मा


तरुनी - वाउssss भनेपछी तन्नै कमाउनु हुन्छ होइन त


लहरे - तन्नै त के खार कमाउनु, अली अली त कमाइन्छ


तरुनी - तैपनी नि डलर कमाउनु हुन्छ - १ को ७७ रुपैया आउछ


लहरे - त्यो त हो तर तिमीले सोच्या जस्तो त छैन - ट्याक्स पनि छ नि तिर्नु पर्ने ३०%


तरुनी - जे भए पनि अमेरिका मा काम गरिरा मान्छे सँग पैसा हुँदैन भनेर कोल्ले पत्यावोस्


लहरे - पैसा नै छैन भन्या त होइन नि, तर तिमीले सोच्या जस्तो चाँही होइन


तरुनी - धेरै नभएनी $५ त होला नि


लहरे - त्यो त छ - त्यती त किन नहुनु


तरुनी - त्यती पैसा खर्च गर्न दुई चोटि सोच्नु पर्छ तपाईंलाई


लहरे - किन सोच्नु पर्‍यो र त्यती खर्च गर्न - लन्च एक चोटि खादा नै $५-६ खर्च हुन्छ


तरुनी - भनेपछी इट्'स नट अ बिग डिल टु इस्पेन्ड $५ फोर यू होइन त


लहरे - अफ कोर्स, इट्'स नट अ बिग डिल


तरुनी - त्यसोभए मेरो एउटा काम गर्नुस् त


लहरे - के काम


तरुनी - त्यो खर्च गर्न बिग डिल नहुने $५ खर्च गरेर म सँग नेपाल कल गर्ने कार्ड किन्नुस् त


लहरे - (म ट्वाँ परे - के भन्या यो केटी ले बुझ्न गाह्रो भो) तिमी को? 


तरुनी - म इलाइट कार्ड सर्भिस बाट - ल नेपाल फोन गर्न म सँग $५ जाने एउटा कार्ड किन्नुस् त


लहरे - (म तीन छक्क परे - क्या केटी रहेछ बाइ - म त मैले चिन्या होला भनेर गफ दिइरा त फोन कार्ड बेच्न कम्पनी बाट सेल्स् गर्ल पो रहेछ त - क्या मापाको केटी यार - के भन्ने भेन्ने भो मलाई)


तरुनी - के भो तपाईंलाई किन्नुस् न फोन कार्ड


लहरे - हैन म फोन कार्ड नै इउज गर्दिन अहिले नेपाल कल गर्न


तरुनी - अहिले इउज गर्नुस् न


लहरे - म साची इउज गर्दिन म कार्ड इउज गर्न  नेपाल फोन गर्न


तरुनी - (अली रिसाको जस्तो स्वरमा ) अनी कसरी कुरा गर्नु हुन्छ त तपाईं


लहरे - म अहिले इस्काइप इउज गर्छ - भिडियो च्याट


तरुनी - त्यो गर्न म पैसा लाग्छ होला नि


लहरे - फ्री सर्भिस हो


तरुनी - (दिक्क लाग्या स्वर मा) एउटा किन्नुस् न जे भए पनि बिग डिल होइन नि तपाईंलाई


लहरे - अब मलाई चाहिदै नचाहिने चिज कसरी किन्न त


तरुनी - लाइन क्लियर छ के एस्मा - कुरा गरेर त हेर्नुस्


लहरे - ह्या कती जिद्दी गरिरा तिमी


तरुनी - कसतो रहेछ तपाईं त, लिने कि नलिने (अहिले चाँही पक्का रिसाइ जस्तो छ)


लहरे - फ्री मा हो


तरुनी - इस्sssss हो (टुँउउउउउउउउउउउउउउउउउउउउउउउउउउ  )


फोन राख्दी तरुनी ले, म त के के न हो भरिरा त - हात्ती आयो हात्ती आयो फुस्सा


 


समाप्त  ...............................................................................
      

Last edited: 17-Jul-09 11:36 AM
Read Full Discussion Thread for this article