Posted by: nakkali keti July 16, 2009
उ अनी म
Login in to Rate this Post:     0       ?        
उ अनी म

उ एउटी चन्चल नदी, म एउटा सौम्य सागर। म उस्को गन्तब्य अनी उ मेरी श्रोत।
हाम्रो  अस्तित्व एक अर्काका पुरक थिए, प्रेम र आत्मा जस्तै। प्रेमरसमा
हाम्रो आत्मा थोपा थोपा बनेर मिसिएको थियो। अनी त्यही रसपानले उन्माद थियो
हाम्रो मन। एउटा अलौकिक अनुभुती------   एउटा सर्बोतम भाव------- मनको
स्वछन्दतालाई सम्बन्धको बन्धन रहरले बाँधिदिएका थियौ हामीले।




तर आज उस्को आत्मा आँशुका थोपा थोपा बनेर बगिरह्यो। उ बगिरही अनी म भरिंदै
गएँ। हेरिरहें उ रोएको । ति आँशु पुछ्न मन लागेन। अहिले पुछेर के गर्नु? 
भरे फेरी एकान्तमा रुने छे। म हुन्न त्यती बेला ति आँशु पुछ्न। आफुले सधैं
गर्न नसक्ने कुराको किन बानी लाउनु? उ सुँक्क सुँक्क गर्न थाली----- शायद
रित्ति
लागेर होला ।  "म जान्छु अब"  भनेर हिंडी। उस्को बिदाइको वाक्य जती
छोटो थियो, हाम्रो बिछोडको यात्रा त्यती नै लामो। मेरो आत्मा जम्यो------
म जड भएँ------ आँखाले भ्याउन्जेल हेरिरहें------  उ पर कतै हराइ। साँझ त
अगिनै परेको थियो मेरो जीवनमा------ अहिले निस्पट्ट अन्धकार छायो।  त्यही
अन्धकारले मेरो जुनि  सर्लक्क निल्ने हो कि ? डर लाग्यो---------  उस्को
अस्तित्वलाई छाम छाम छुम छुम पारें।  हातमा पानीका थोपाहरु टाँसिए। राती
झरेका शितका थोपा थिए होला-------तर मलाई उस्का आँशुका थोपा झै लागे। ति
चिसा थोपाहरु छातीमा दलें---------झनै मन पोलेर आयो। उठ्न
खोजें--------सकिन----------त्यही भास्सिएको अनुभब भयो। शरीरका सम्पूर्ण
तन्तुहरु शिथिल भए। तिर्खाले मुख प्याक प्याक भयो---------तर मेरी नदी
खै?----- म त सागर हुँ------ मसँग तिर्खा मेट्ने शक्ती कहाँ हुन्छ
र?-----म छट्पटिएँ------- बिस्तारइ मेरा कान बज्न थाले-------गोडा चिसा
भए--------म बेहोस भएँ। मेरो शरीर यही चौरमा अलपत्र पर्‍यो।






अनुहारमा केही पानीका छिटाहरु अनुभव गरें। बिस्तारइ आँखा खोलें------
कस्तो उज्यालो भएछ------कस्तो अचम्मको दिन-------- घाम पनि लागिरहेको-----
पानी पनि परिरहेको------आफुलाई छामें-----छाती सबै भिजेछ। अगिको त्यो प्यास, त्यो
छट्पट्टी----- सबै हराएछ त --------उठेर वर पर हेरेँ------- पर क्षितिजमा
एउटा इन्द्रेणी बनेको अनी एक जोडी त्यो घाम पानीमा जिस्किरहेका-------


 




अस्तु

Read Full Discussion Thread for this article