Posted by: shirish July 13, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     1       ?         Liked by

आदर्श हैन आसन जरुरी भो मेरोलागि

कर्तब्य भन्दा आर्जन जरुरी भो मेरोलागि


रजाई गरुं, मेरै ईच्छामा चलोस् सबै जना

सहयोगीकै दमन, जरुरी भो मेरोलागि !


जोरि खोज्नेलाई पाखा लाउने मनन गर्दैछु

कमजोरीको अध्ययन, जरुरी भो मेरोलागि !


अबैध धन्दा नत्र कसरि बिस्तार गर्ने ?

समाजमा बिचलन, जरुरी भो मेरोलागि !


जति दु:ख बढ्यो त्यति ढाढस दिन सजिलो

तिम्रो भाग्यमा रोदन जरुरी भो मेरोलागि !


शहीदहरुका सपना पूरा गर्ने ज्ञानी भेटिन

बिपना बुझ्ने सज्जन जरुरी भो मेरोलागि !

Last edited: 13-Jul-09 09:56 PM
Read Full Discussion Thread for this article