Posted by: bisal July 9, 2009
जती जोगी आय पनि ज्ञाने जस्तै !!!!!!!
Login in to Rate this Post:     0       ?        


यो भातेहरुले राजा को सबारी हुँदा जनता ले दु:ख पायो भनेको होइन पहिला?? आहिले आँफै गर्दै चन नौतन्की, सबै नेता हरु को कन्दो म सिन्स्नो पानी ले  हान्नु पर्ने।



ट्राफिक जामले जनतालाई सास्ती


काठमाडौं, (नेस) (राष्ट्रपतिको ‘सवारी’) राष्ट्रपति डा. रामवरण यादव नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्न जानका लागि शीतलनिवासदेखि बानेश्वरसम्मको सडकमा सवारीसाधन चल्न नदिइएका कारण राजधानीको ट्राफिक व्यवस्थापन बिहीबार अस्तव्यस्त बन्न पुग्यो।

राष्ट्रपति डा. यादवको ‘सवारी’ का लागि ट्राफिक प्रहरीले दिउँसो ३ः४५ बजेदेखि सवारीसाधन रोकेको थियो। यसका कारण झन्डै चार घण्टा र्सवसाधारण सवारीजाममा परेका थिए।

राष्ट्रपतिको सवारीमा भएको कडा सुरक्षा व्यवस्थाका कारण स्कुले बालबालिकादेखि र्सवसाधारणसम्मले ठूलो सास्ती खेप्नुपरेको थियो। राष्ट्रपति भवन शीतलनिवासदेखि सिंहदरबारसम्म सवारी द्रुत गतिमा भए पनि सिंहदरबारदेखि नयाँ बानेश्वरसम्मको सवारी निकै धिमा गतिमा भएका कारण जनताले थप दुःख पाउनुपरेको थियो।

सिंहदरबारदेखि बानेश्वरसम्म राष्ट्रपतिको सवारी हुँदा प्रहरीले र्सवसाधारण जनतालाई सडकमा हिँड्न पनि दिएको थिएन। अघिपछि घोडचडी, प्रहरी र सेनाको समूह तथा दायाँ-बायाँ एक नम्बरको कारगेटले सुरक्षा दिएको थियो।

राष्ट्रपतिको सवारीका कारण समयमा नै घर पुग्नुपर्ने आ-आफ्ना स्कुले बालबालिका घर नआएका कारण अभिभावक चिन्तित हुँदै स्कुल र ट्राफिक प्रहरीको कन्ट्रोल रुममा फोन गर्न व्यस्त देखिन्थे।

मुलुकमा गणतन्त्र आएपछि यस्ता ‘सवारी’ सास्तीबाट मुक्ति पाइने आशामा रहेका जनता पुनः त्यस्तै घटना पुनरावृत्ति हुन थालेपछि चिन्तित देखिएका थिए।

Read Full Discussion Thread for this article