Posted by: lakhe July 5, 2009
Nepal's new cabinet
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीः भारतीय राजदूत 
उपप्रधानमन्त्री तथा गृहः अमेरिकी राजदूत 
रक्षा र स्वास्थ्यः ब्रिटिश राजदूत (गोर्खा फौज राखेको ऐतिहासिक अनुभव छ र बेलायतको स्वास्थ्यसेवा कहलिएको छ।) 
अर्थः जापानी राजदूत (यत्रो मन्दीमा पनि जापानको अर्थतन्त्र धर्मराएको छैन, नेपाली पनि सिक्दैछन्।) 
उद्योग-वाणिज्यः डेनिस राजदूत (यी आफूले दक्षिणएशिया पूरै बुझ्ेको ठान्छन् र विकासबारे निकै उपदेशात्मक भाषण दिने गर्छन्।) 
संस्कृति र शिक्षाः फ्रेन्च राजदूत (यी आफूलाई कलाका ठूला पारखी र प्राज्ञिक व्यक्ति ठान्छन्।) 
जलस्रोत र ऊर्जाः नर्वेली राजदूत (पहिलेका प्रधानमन्त्री ऊर्जाको गर्जो टार्ने उपाय खोज्न नर्वे नै गएका थिए।) 
परराष्ट्रः आवश्यक नपर्ने 
शान्ति र पुनर्निर्माणः स्वीस राजदूत (हरेक शान्तिवार्ता जेनेभामै हुन्छ।) 
सञ्चार, विज्ञान-प्रविधि र वनः फिनल्यान्डका राजदूत (नोकिया फोन उत्पादन गर्ने देश हो र नेपालको वनमा निकै चासो छ।) 
स्थानीय विकास र यातायातः जर्मन राजदूत (नेपालका नगरपालिकाहरू सपार्ने र हरित सडक बनाउनमा जर्मनीको रूचि रहेको छ।) 
खेलकुद र कृषिः अष्ट्रेलियाली राजदूत (क्रिकेट च्याम्पियन र कृषिभूमि भएको देश।) 
पर्यटन, नागरिक उड्डयनः क्यानाडाका राजदूत (ट्वीन अटर जहाज त्यहींबाट आउँथ्यो।) 
श्रम र रोजगारः दक्षिण कोरियाली राजदूत (जापानपछि नेपाली कामदार जान चाहने देश दक्षिण कोरिया नै हो।)
http://www.himalkhabar.com/hkp/news.php?id=2554
Read Full Discussion Thread for this article