Posted by: Rahuldai July 1, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के,


दुध खा सूर मा हिजो के के भन्यो भनेर भन्न चाँही अप्ठेरो नै छ । जे होस् भात्टिमा मस्तिले दुध खाए छ , बज्याहरुले।


पुरे, खासै केही छैन। एक जना बज्रस्वाँठको बिहे भोज छ , बाँकी आफ्नै गाम तिर यसो मासु पोलेर खाइन्छ होला।


गजब छ भने एक जना गाम्लेले एक जना गाम्ली सँग दोस्रो पटक बिहे गर्दै छ भने। पैसा बढी भाको भनुं भने जिन्दगी एक सुको खर्च गरेर खुवाएको थाहा छैन। ७ बर्ष अघी नै कोर्ट म्यारिज गरी सङै बस्दै आएकाहरु फेरी ब्या गर्ने रे। जन्ती गै  दुल्ही अन्माउने रे। फेरी सुहाग रात अनी हनिमून रे । यस्तो पनि हुने रहेछ कलियुगमा ।


 


भावना माथि खेलवाड हैन रे भने?


बिहे भन्ने चिज देखाउने र लेखाउने मात्र हो र भने ? पटक पटक।


भावनामा समर्पणमा बाँधिएको माया भनेको एक बार हुन्छ, जूनी जूनी सम्मको लागि।


 पटक पटक रिन्यू गर्दैमा चिरा परेको किरा परेको सम्बन्ध पुनर्जिवित हुने होइन ।

Read Full Discussion Thread for this article