Posted by: Gokul July 1, 2009
Login in to Rate this Post:
0
?
Recycled and old, but unfortunately more relevant than ever before.
मेरो देश
दिनहु हत्याको डेबिट र क्रेडिट हिसाब राखेर
नाफाको खोजीमा हिडिरहेको
व्यापारी जस्तो – मेरो देश
एक्काइसौं शताब्दीको पहिलो यात्रामै
भविष्य जति चुर्लुम्म डुबेको
विवश, असहाय टाईटानिक जस्तो – मेरो देश
आफ्ना अंगहरू अचानोमाथि चोक्टिदैं लुछिदै गर्दा पनि
रुन नसकेर टुलुटुलु हेरिरहेको
बगरेको खसीको टाउको जस्तो – मेरो देश
विवेक र चेतनाको लोड शेडिङ्गले
दिउँसै रात पर्ने गरेको
अंधेर नगरी जस्तो – मेरो देश
मद– उन्मत्त भएर आफ्नै सम्हार गर्ने यदु वंशीहरू
अनि निःसहाय अर्जुन देखेर आक्रमण गर्ने डाकुहरू
महाभारतको अन्तिम दृश्य जस्तो – मेरो देश