Posted by: harikancha June 30, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        

झडपमा प्रहरीसहित पाँच घाइते

(nayapatrika) मकवानपुर/ चुरियामाई गाविसको मयुरधापमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा चार प्रहरीसहित पाँचजना घाइते भएका छन् ।

बच्चा अपहरण गर्न आएको आरोपमा नवलपरासी बर्दघाट-४ का कृष्णप्रसाद
भण्डारीलाई स्थानीय बासिन्दाले कुटपिट गरेपछि झडप भएको हो । कुटपिटबाट
भण्डारीलाई बचाउन खोज्दा स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेका
थिए ।

स्थितिलाई नियन्त्रणमा लिन करिब ५० राउन्ड हवाइफायर र
दुई दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गर्‍यो । दिउँसो दुई बजेदेखि भएको
झडप साँझ ६ बजे नियन्त्रणमा आएको छ ।
इलाका प्रहरी कार्यालय
पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई जिम्मा लगाउन आग्रह गर्दा
स्थानीय बासिन्दाले अटेर गरेका थिए ।

स्थानीय बासिन्दाले विरोध
गर्दै प्रहरीमाथि ढुंगा बर्साउन थालेपछि झडप भएको हो । ढुंगामुढा भएपछि
हवाइफायर र अश्रुग्यास प्रयोग गरेको प्रहरी निरीक्षक वीरेन्द्र यादवले
बताए । स्थिति नियन्त्रणमा लिन करिब दुई सय प्रहरी परिचालित थिए ।


अपहरणको आरोप लागेका भण्डारी व्यापारका लागि एक लाख रुपैयाँ लिएर हेटौंडा
आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व्यापार गर्न आएका उनीमाथि
गाउँलेले अनाहकमा आक्रमण गरेका हुन् ।
झडपमा भण्डारीसहित प्रहरी
हवल्दार राजन ढकाल, रामबहादुर थापा, प्रहरी जवान सूर्य लामा र लक्ष्मण
लम्साल घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको
Read Full Discussion Thread for this article