Posted by: harikancha June 30, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
कुन्डले! पौल कोल्लिएरको एक एक कुरा नेपालमा लागु भएको जस्तो लाग्यो। त्एस्ले जे जे हुनु हुँदैन भन्या छ त्यही भईराछ र जे हुनु पर्छ भन्या छ त्यो केही पनि भाछैन ! ineresting talk

यहाँ अर्को उदाहरण रक्षक नै भक्षक!

मजदुरलाई हिरासतमा यातना

(nayapatrika) धान भिजाउने बाटा चोरेको आरोपमा पक्राउ परेका एक मजदुर प्रहरीको चरम
यातनाका कारण थला परेका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार
भइरहेको छ ।

इलाका प्रहरी कार्यालय मोतिपुरका सई शान्तिप्रकाश
सापकोटाले ढेउढाकला-९ का मजदुर चिन्कु थारूलाई हिरासतमा यातना दिएका हुन्
। स्थानीय मदरल्यान्ड विद्यालयका रिक्साचालक चिन्कुलाई घरबाटै पक्राउ
गरिएको थियो ।

छिमेकी तिलक पौडेलले बाटा चोरेको आरोप लगाउँदै
चिन्कुविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । चिन्कुले आफूलाई
सई सापकोटाले चोरी आरोप नस्विकारे मारिदिने धम्की दिँदै यातना दिएको बताए
। 'तेरो श्रीमती विधुवा हुन्छ । चोरी गरेको स्वीकार भन्दै पाइतालामा
भाटाले कुटे,' उनले भने । आरोप पुष्टि नभएपछि चिन्कु छुटेका छन् । धान
भिजाउने बाटा छिमेकीले लगेको थाहा भएपछि उनी छुटेका हुन् ।


विनाकारण हिरासतमा यातना पाएका उनले न्याय दिलाइदिन तथा दोषी सई
सापकोटालाई कारबाहीको माग गर्दै शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा
उजुरी दिएका छन् । बर्दियाका प्रहरी उपरीक्षक गणेश केसीले घटनाबारे
जानकारी नपाएको बताए । सई सापकोटा काजमा केही दिनका लागि आएको र सरुवा भएर
सुर्खेत गइसकेको उनले जानकारी दिए । 'तर पनि घटनाबारे जानकारी लिन्छु ।
हिरासतभित्र यातना दिइएको पाइए कारबाही हुन्छ,' उनले भने ।
Last edited: 30-Jun-09 06:53 PM
Read Full Discussion Thread for this article