Posted by: aman June 29, 2009
nepal moves from bad to worst
Login in to Rate this Post:     0       ?        









दूतावासले लिस्ट च्यातेपछि भाँडभैलो






























१५-असार-२०६६,सोमवार


Image
मन्त्री
बनाउन तयार पारेको लिस्टलाई अन्तिम समयमा भारतीय दूतावासले च्यातिदिएपछि
तराई–मधेश लोकतान्त्रिक पार्टीमा भाँडभैलो मच्चिएको छ। दूतावासले आफ्नो
निर्णय ठाडै अस्वीकार गरेर आफ्ना मान्छेलाई मन्त्री बनाउन दबाब दिएपछि
तमलोपाका अध्यक्ष महन्थ ठाकुरसमेत 'ऐसी तरिकासे पार्टी नही चलेगा' भन्दै
निराशा व्यक्त गर्न थालेका छन्।


हृदयेश त्रिपाठी र महेन्द्रप्रसाद यादवले अन्तिम समयमा दूतावास प्रयोग
गरेर ठाकुरले मन्त्री बनाउन लागेका तीनजनाको नाम लिस्टबाटै हटाएपछि तमलोपा
पनि फोरमजसरी फुट्ने अवस्थामा पुगेको हो। यद्यपि, अध्यक्ष ठाकुरले भारतीय
दूतावासको अगाडि आफ्नो केही जोर नचलेको भन्दै मन्त्री बनाउन नसकेकोमा
रामकुमार शर्मा, श्रीकृष्ण यादवलगायतका नेताहरूसँग माफी माग्दै पार्टीमा
काम गर्न र आफूलाई सहयोग गर्न अनुरोध गरेकाले तत्काललाई तमलोपा फोरमझैं
विभाजन हुनबाट भने रोकिएको छ।  
तमलोपा सम्बद्ध उच्च स्रोतका अनुसार
आफू मन्त्री हुन नपाएपछि सरकारमा जानै हँुदैन भनेर अड्डी लिएका हृदयेश
त्रिपाठीले सरकारमा जाने नै भएपछि महन्थ ठाकुरलाई फेल गराउन दूतावास
प्रयोग गरेका थिए। एमालेबाट चुनावको मुखैमा तमलोपामा गएका महेन्द्रप्रसाद
यादवले पनि आफूलाई मन्त्री नबनाउने छनक पाएपछि दूतावास गुहारेका थिए।
ठाकुर कुनै पनि हालतमा महेन्द्र यादवलाई मन्त्री बनाउने पक्षमा थिएनन्। तर
दूतावासले जसरी पनि महेन्द्रलाई मन्त्री बनाउनू भनेपछि ठाकुर निराश र
आक्रोशमा आएका थिए। एकातिर हृदयेशले दुःख दिने र अर्कोतिर महेन्द्र यादवले
दूतावास प्रयोग गर्ने क्रम बढेपछि ठाकुरले पार्टीमा दूतावास घुसपैठ गराएको
भन्दै महेन्द्र यादवलाई हपारेका थिए। दूतावास प्रयोग गरेर महेन्द्र यादवले
मन्त्री पाए पनि रोजेको मन्त्रालय पाएनन्। यादवले शिक्षा मन्त्रालय मागेका
थिए, तर ठाकुरले उनलाई उद्योग मन्त्रालय दिए त्यो पनि राज्यमन्त्रीमा
दानबहादुर चौधरीलाई हालेर। महेन्द्र यादव र गणेश नेपालीलाई मन्त्री
बनाउनुपरेपछि ठाकुरले मन्त्री बन्ने लिस्टबाट हटेका नेताहरूलाई बोलाएर
'मलाई माथिबाट धेरै प्रेसर आयो, हृदयेश र महेन्द्रले खेल खेले,
तपाईंहरूलाई बनाउन सकिनँ, पछि फेरि मौका आउँछ, मलाई सहयोग गर्नुस्' भन्दै
सरी भनेको एक नेताले साँघुलाई बताए। एक नेताले अध्यक्षभन्दा माथि को छ
भनेर प्रश्न गर्दा उनले तपाईंहरू आफैं बुझ्नुस् भनेर लाचारी प्रकट गरेको
पनि ती नेताले बताए। 'दूतावासको तलब खानेहरूले तमलोपालाई पनि सद्भावना
बनाउने भए,' ती नेताले भने। दूतावासकै खेलका कारण अन्तिम समयसम्म पनि
तमलोपा सरकारमा जानु हँुदैन भन्ने गणेश नेपाली तिवारी मन्त्री बन्न सफल
भएको चर्चा पनि तमलोपामा छ। अर्को संयोग त के भएको छ भने तपलोपाबाट
मन्त्री बनेका चारमध्ये तीनजना संविधानसभा निर्वाचनअघि मात्र एमाले छाडेर
तमलोपामा गएका हुन्। रामचन्द्र कुशवाह कांग्रेसबाट गएका हुन् भने महेन्द्र
यादव, गणेश नेपाली र दानबहादुर चौधरी पूर्वएमाले हुन्। उता, मधेशी
जनअधिकार फोरमको गच्छदार पक्षमा पनि मन्त्री बन्ने झगडा चर्किएको छ।
उपेन्द्र यादव पक्षको बैठक भाँड्न एकजुट भएर लाठी बोकेका महिला सभासद्द्वय
करिमा बेगम र दुर्गादेवी महतोबीच राज्यमन्त्री बन्ने हानाथाप चलेको छ।
करिमा पछिल्लो समयमा गच्छदारसँग निकट भएकाले उनले बाजी मार्ने अनुमान फोरम
कार्यकर्ताले लगाएका छन्। महतोले राज्यमन्त्री नपाए गच्छदारको साथ छाड्ने
धम्की दिएकी छिन्। त्यस्तै, केन्द्रीय सदस्यहरूमध्येबाट एकजनालाई मन्त्री
बनाउने गच्छदारको योजना छ। त्यसो भएमा रामेश्वर राय यादव मन्त्री
बन्नेछन्। यद्यपि, जितेन्द्र देवले पनि मन्त्री बन्ने प्रयास जारी राखेका
छन्। त्यसो त, रत्नेश्वर गोइत पनि विजय गच्छदारलाई संकटमा साथ दिएकाले
मन्त्री बन्ने सम्भावनामै छन्। तर, गैरसभासद्हरूको भीड मन्त्रिपरिषद्मा
लागेको भनेर सर्वत्र आलोचना भएकाले यी तीन भाइलाई पन्छाउन गच्छदारलाई
राम्रो मसला मिलेको चर्चा पनि फोरममा चलेको छ।

-- SANGHU

Read Full Discussion Thread for this article