Posted by: rakeshkarki June 28, 2009
Dui Gazal
Login in to Rate this Post:     0       ?        

दुई गजल


 


  सीमाना मेटिदैछ


 


                  राकेश कार्की


                  लस् एन्जेलस्


 


  


दुर्भाग्य सिमाना मेटिदै छ


नेपालको गला रेटिदै छ


 


नेपाली अनुहार हराउँदै छ


विदेशी अनुहार भेटिदै छ


 


देश तिनतिरबाट पेलिदै छ


चंगा झैँ दशगजा चेटिदै छ


 


बैमानी राष्ट्रले हल्लाउँदै छ


सानो यो मुलुक फेटिदै


 


आउ अब भिडौँ


 


आउ अब भिडौँ थिच्ने संग


हाम्रो सिमाना मिच्ने संग


 


ए राप्रपा, नेमकिपा, जनमोर्चा


खोस्दै उसको देश सिच्ने संग


 


ए माओवादी, फोरम, तमलोपा


नेपाली मुटु किच्ने संग


 


ए सदभावना, काँग्रेस, एमाले


नेपालीको रगत घिच्ने संग


 


आउ अब भिडौँ थिच्ने संग


हाम्रो सिमाना मिच्ने संग

Read Full Discussion Thread for this article