Posted by: harikancha June 27, 2009
आहा हाम्रो नेपाल!
Login in to Rate this Post:     0       ?        
यदी मौका पाउने हो भने नेपालीहरु पनि कोइ भन्दा कम छैनन र अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धामा आई आफ्नो सिप देखौन सक्छन। 

पाठकको वृत्तचित्र वर्ल्ड टि भी अवार्डमा 'रनर अप'

(nagariknews) काठमाडौं, असार १३ (नागरिक)-  लामो समय सम्म पत्रकारिता गरेर वृत्तचित्र
निर्माणमा लागेका पत्रकार दिलभूषण पाठकले निर्देशन गरेको शान्ति यात्रा
नामक वृत्तचित्रले वर्ल्ड टि भी अर्वाड २००९ मा दोस्रो स्थान प्राप्त
गरेको छ। एसिया प्यासिफिक ईन्स्टिच्युट फर ब्रोर्डकास्ट डेभलपमेन्ट
एआईडिवी मलेशियाले प्रदान गर्दै आएको वर्ल्ड टि भी अवार्ड प्रत्येक बर्ष
दन्द्ध न्यूनीकरण, धार्मीक सहिष्णुता र सामाजिक सद्‍भाव विषयमा दिंदै आएको
छ।

यो अवार्डका लागि एसिया प्रशान्त क्षेत्र युरोप, अफ्रिका र नर्थ
अमेरिकामा रहेका सार्वजनिक निजी र स्वतन्त्र प्रसारकहरुले भाग लिन
पाउनेछन्।


स्विटजरलेण्डको डेव टि भी जेनेभाद्वारा निर्मित रोर्वट लेम्बको
मोरक्कोः नेभर एगेनले पहिलो पुरस्कार पाएको छ भने पाठकको शान्ति गीतले
फस्ट रनर अप उपाधि जितेको हो ।


एआईडिवीले विजेता र फस्ट रनर अप वल्र्ड टि भी अवार्डको घोषणा एसिया
मिडिया सम्मेलनमा गत मे २००९ मा चीनको मकाउमा गरिएको थियो । पुरस्कार
विजेतालाई आगामी जुलाई २०-२३ सम्म फिजीमा हुने एआईडिवीको साधारण सभामा नगद
तथा प्रमाणपत्रले पुरस्कृत गरिदैछ ।


लामॊ समय सम्म दन्द्धले विभाजन गरेको नेपाली समाजका विभिन्न
पृष्ठभुमिका मान्छेलाई सामाजिक तथा साम्प्रदायिक सद्भाव मजबुत तुल्याउन
तथा शान्ति प्रकि्रयालाई गन्तव्यमा पुर् याउन एकै ठाँउमा भेला गरेर
संगीतको माध्यमबाट साझा धरातलको खोजी गर्ने उद्देश्यले 'शान्ति गीत'
वृत्तचित्र तयार पारिएको थियो ।


सन् २००४ बाट एसिया प्रशान्त क्षेत्र र युरोप साझेदारी समितिले
सांस्कृतिक विविधता सामाजिक सद्भाव र शान्तिलाई बढावा दिन एआईडिवी को
सिफारिसमा यो पुरस्कारको शुरुवात गरेको हो । एसिया प्यासिफिक देशका
प्रसारण क्षेत्रको विकास र यसमा लागेका जनशक्त्ति लाई तालिम एउटा
महत्वपूर्ण कुरा हो भन्ने महसुस गरेर सन् १९७७ मा युनेस्कोले एआईडिवी को
स्थापना गरेको थियो । स्थापनाकालमा यस संस्थामा १३ देशको सदस्यता रहेको
थियो ।


शान्ति गीत वृत्तचित्र सर्च फर कमन ग्राउण्ड नामक अन्तराष्ट्रिय गैर
सरकारी संस्था र पाठकद्धारा स्थापना गरिएको ईन्टरफेस नेपालको सहकार्यमा
निर्माण गरिएको हो।


Read Full Discussion Thread for this article