Posted by: harikancha June 27, 2009
आहा हाम्रो नेपाल!
Login in to Rate this Post:     0       ?        
यसरी स्थानिय स्तरमै बनाउन सकिने प्रविधिहरु तथा सिर्जकहरुलाई सरकारबाट अलिकती मात्रै प्रोत्सहान मिल्ने हो भने हरेक क्षेत्रमा बिस्तारै बिस्तारै बिकासका पाइला चाल्न सकिन्छ।

बिजुली र इन्धनबिना चल्ने मेसिन बनाए विद्यार्थीले
(
nagariknews) सन्तोष पोखरेल, पोखरा असार १३- समय समयको लोडसेडिङ र इन्धन अभाव खेपिरहेको
बेला यहाँका एक विद्यार्थीले बिजुली र इन्धनबिना चल्ने मेसिन बनाएका छन्।

पोखरा इन्जिनियरिङ कलेजका इलोक्ट्रोनिक्स विषयमा डिप्लोमा तहमा
अध्ययनरत् कास्कीकोटका २० वर्षीय महेश त्रिपाठीले इन्धन र बिजुलीविना
चल्ने 'सुपर एम' नामक मेसिन बनाएका हुन् । उनले बनाएको मेसिनलाई शनिबार
यहाँ प्रदर्शनसमेत गरे ।
परमानेन्ट म्याग्नेटिक पावरले चल्ने उक्त
मेसिनका लागि बिजुली र इन्धन चाहिँदैन । यसबाट निस्केको इनर्जीले घरमा
बिजुली बाल्न र राइस कुकर, टिभी चलाउन, गाडी गुडाउनलगायतका काममा प्रयोग
गर्न सकिने त्रिपाठीले बताए।
'इन्धनबिना चल्ने यसबाट म्याग्नेटको
सहयोगले 'फ्रि इनर्जी' निस्कन्छ', त्रिपाठीले भने- म्याग्नेटिक पावरले
निस्कने शक्तिले लोडसेडिङबाट मुक्ति पाउन सकिन्छ।' लामो समयको लोडसेडिङ र
समय समयमा इन्धन अभाव खेपिरहेको हाम्रो मुलुकमा यस्ता प्रविधिले सघाउने
उनले बताए । 'मेसिनमा प्रयोग गरिएका ११ वटा म्याग्नेटको मद्दतले डिस्क
चल्न थाल्छ र शक्ति प्रवाह हुन्छ'- त्रिपाठीले भने।
मेसिनमा
म्याग्नेटसहित काठ पुल्ली पंखा, विजुलीको तारलगायतका सामान प्रयोग गरिएको
छ । २० न्युटनको बल प्रयोग गरेपछि चल्ने मेसिनबाट ३ सय न्युटनको शक्ति
प्रवाह हुने उनले बताए । 'म्याग्नेटको पावर बढाउँदा ऊर्जा प्रवाह पनि
बढ्छ', त्रिपाठीले भने- प्रविधि थपे अटोमेटिक चल्ने बनाउन सकिन्छ ।
त्रिपाठीले
चार वर्षअघि देखी यसको अध्ययन गरेर पछिल्लो २ महिनामा निर्माण पूरा गरेका
थिए । यसका लागि करिब १ लाख रुपैयाँ खर्च भएको उनले बताए । त्रिपाठीले
सरकारी निकायबाट सहयोग पाएमा मेसिनको सहयोगले गाडी चलाउन सकिनॆ दावी गरे ।
Read Full Discussion Thread for this article