Posted by: harikancha June 25, 2009
नेपालमा दन्डहिनता - एक झलक
Login in to Rate this Post:     0       ?        
अपहरणको शृखला बढ्यो

(Nayapatrika) सप्तरी/ तराईमा विभिन्न समूहले शृंखलाबद्ध रूपमा सर्वसाधारण तथा
कर्मचारीलाई अपहरण गरेको छ। एक सातायता सप्तरीमा आधा दर्जनको अपहरण भएको
छ। सरकारले १ माघदेखि तराईका जिल्लामा 'विशेष सुरक्षा नीति' लागू गरेपछि
कमी भएको अपहरणको शृंखला फेरि बढेको छ। पछिल्लोपटक अज्ञात समूहले सप्तरीको
बदगामाबाट घरमा सुतिरहेका बदगामा गाविस–५ का मोहमद मजबुल सेखलाई अपहरण
गरेको छ। उनको अवस्था अज्ञात छ।


यसअघि ओखलढुंगामा कार्यरत अहेब बोरिया गाविस–६ निवासी रामदेव ठाकुर र
उनका छोरा बब्लु ४ जेठमा अपहरणमा परेका थिए। अपहरणकारीको आँखा छलेर छोरा
बब्लु भागेका थिए। रामदेव भने प्रहरीको सहयोगमा अपहरणको चार दिनपछि आइतबार
मुक्त भएका छन्। अपहरणको आरोपमा कोचाबखारीको कुपहीबाट श्रीप्रसाद मण्डललाई
प्रहरीले पक्राउ गरेको छ।
यसैगरी, ६ जेठमा सप्तरीको राजविराजबाट सिम्रहासिहियोन गाविस– ५ की
गीताकुमारी यादव अपहरणमा परेकी थिइन्। हजुरआमासँगै बजार आउँदा अपहरणमा
परेकी उनी पनि भागेर मुक्त भएकी छन्। आपराधिक समूहले केही समययता सप्तरीमा
अपहरण, लुटपाट, चोरीका घटना शंृखलाबद्ध रूपमा घटाउँदै आएका छन्। तर,
जिल्ला प्रहरी कार्यालयले आपराधिक गतिविधि रोक्न सक्रिय भएको जनाएको छ।
सप्तरीका डिसपी सुनदसिंह बस्नेतले भने, …शान्ति–सुरक्षा कायम गर्न
प्रहरीले कुनै कसर बाँकी राखेको छैन।'



बच्चा अपहरणको त्रास
कपिलवस्तु/ बालबालिका अपहरणको हल्लाले
कपिलवस्तुमा त्रास फैलिएको छ। अभिभावकले हल्लाकै भरमा छोराछोरीलाई
विद्यालय पठाउनसमेत छाडेका छन्। तराईमा केही समयअघि भारतीयले बालबालिका
अपहरण गरेको हल्ला सेलाउन नपाउँदै कपिलवस्तुमा पनि यस्तो हल्ला चलेको हो।
हल्लाकै भरमा एक सातायता गाउँमा त्रास फैलिएको छ। प्रमुख जिल्ला अधिकारी
नागेन्द्र झाले तराईमा चलेको अपहरणको हल्ला कपिलवस्तुमा पनि चलाइएकाले
नडराउन आग्रह गरे। हल्ला फैलिएपछि सीमा क्षेत्रमा कडाइ गरेको कपिलवस्तुका
प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए।
Read Full Discussion Thread for this article