Posted by: बैरे June 25, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

केही समय पछी हामी कोठामा पुग्यौ र ४ बर्ष अगाडिको द्रिश्य फेरी स्मक्ष्य आयो । "आज अन्तिम दिन होइन त ?" च्याङ्ग्रा ले सोध्यो


माहोल मा कहाली थियो त्यसैले रंग भर्न मैले - फेरी भिड्ने हो कि ?" सोधे , च्याङ्ग्रा र रिया हासे , केरेन ले कुरा नबुझे को हुना ले उसलाई ४ बर्ष अघी को घटना को जानकारी गरायौ । कुरा को अन्त्य मा केरेन ले - " This ain't the ending , its now a new begining for us and for our friendship "


उसको कुरा को समर्थन हामी सबै ले गर्यौ ।


आफ्नो पुरानो बास स्थान सँग सहि बिछोड गर्नु पनि पर्ने थियो , सब से पहिले बार्दली लाई नै बिदा माग्न गयौ हामी । बाहिर बसी चुरोट को धुवा सँगै ख्याल ठट्टा गरियो ।


केरेन - "So Baire, any improvements? did this trip help you settle your ghosts ?"


- "Definetely, I found my lost friends and found a new member to my family . This was worth the wait "


केरेनले रिया तिर हेरी ,


रिया - " I agree, this was all worth it. Some relations will never change, some has been modified , but still there are some relations that are even stronger than the bond of intimacy "


यो कुरा पचाउन भन्दा नि बुझ्नै गाह्रो भयो एक छिन त घुम्या घुमै भए ।


केरेन - " So all the mistakes forgiven and forgotten ?"


रिया - " I am not that selfish, not to forgive but I don't have the heart of stones to forget "


अब अन दुई भाग मा बाधियो , एक तर्फ उसको माफि को खुशी थियो भने अर्को तिर ति अतित का दु:ख उु सँग अझै बाधिएको भएर खेद । केही बोलु झै लाग्यो तर एकान्त मै कुरा गर्दा उपयोग हुने भएकोले केही बोलिन ।


उसको यो उत्तर ले प्रश्न हरु को मूल रोकेको थियो , कोही केही बोलेनन् केरेन ले रिया लाई लियी भित्र गयो , च्याङ्ग्रा र म भने बाहिरै चुरोट तान्दै बस्यौ ।


- "हार नमान , माफि त पाइस , अब बिस्तारै बिस्तारै मन पनि पाउछस । "


- "मन पाउन्जेल ढिलो भए के गर्ने ?"


- "आफु माथि विश्वाश राख, तर ढिलो चाँही नगर , सोचेर बुझेर मात्रै कदम अगाडि बढा "


च्याङ्ग्राको कुराको सोच मा परे म , उसले ठिकै कुरा गर्या थियो । काम ढिला नि गर्नु नहुने तर सोच बिचार  सहित गर्नु पर्ने थियो ।


एक्कै छिन पछी , केरेन र रिया पनि आए । केरेनले च्याङ्ग्रा लाई ईशारा गर्‍यो ।


- "ल बच्चा हो अब भोली भेटुम्ला हामी गयौ सुत्न " भन्दै उनिहरु भित्र लागे । मैले केरेन तिर हिरे , उसले मलाई गूड् लक भनी ईशारा गरी । केरेन ले रिया लाई भित्र लाग्दा पक्कै कुरा गरेको हुनु पर्छ झै लाग्यो । मैले मेरो मौका धेरै कुर्नु नपर्ने झै लाग्यो ।


म अर्को चुरोट सल्काउन लागे । रिया - " एक छिन चुरोट छोडि म सँग कुरा गर्ने समय छ तिम्रो ?"


अघी सम्म बाघ भई गज्रिन्छु जस्तै लाग्या थियो उस्को सुमधुर वाक्य सुनेर मुसो बनियो । चुरोट सल्काइन , बार्दली मै उभी तारा तिर हेर्या झै गरे ।


" सपनामा होईन बैरे , यथार्त बाँच्न सिक । मैले अघी भनेको कुरामा सत्यता थियो । तिम्रो र मेरो सम्बन्ध को सुरुवात मित्रता बाट भएको थियो । तिमी मेरो प्रिय साथी हौ , त्यो सम्बन्धलाई म नकार्न सक्दिन , तर ४ बर्ष अघी जुन भावना तिमी प्रती थियो , त्यो पोख्न चाँही मलाई डर लाग्छ । "  


म केही बोलिन , आज उसको बोल्ने पालो थियो र मेरो सुन्ने, म केवल उसलाई हेरी रहे ।


" मलाई प्लिज त्यसरी नहेर , तिमी मलाई आफ्नो जालोमा फसाउन कमियाब हुने छैनौ "


म - "तिमी लाई फसाउने न त पहिले मेरो चाहना नै थियो, न त अहिले । गल्ती मैले गरेको थिए त्यो मलाई ज्ञान छ , म पनि हाम्रो मित्रता नछुटोश भन्ने चाहन्छु तर हामी बिच जे भयो त्यो बिर्सेंर बस्न चाँही मेरो पनि मन त्यती कठोर छैन । "


रिया केही बोलिन -


म - " यदी तिमी त्यो पुरानो गल्ती हरु बिर्सिन सक्दैनौ भने चाँही अतित मा तिमी र बिच भएको कुरा चाँही कसरी बिर्सिन सक्छौ ? अनी सोहि मैले पनि गर्नु पर्ने कसरी आपेक्षा गर्छौ ? यो तिम्रो स्वार्थी पन हो , यदी यसरी तिमी लाई मेरो साथ चाहिन्छ भने मलाई माफ गरी देउ, मलाई यो मोल मा तिम्रो मित्रता पनि चहिदैन । तिमीले मलाई माफ गरी दियौ त्यो तिम्रो बढक्पन हो । त्यो पनि मलाई रिण नै लगायौ , समय र परिस्थिती सँगै तिरी दिउला "


सुस्ताको बाघ गर्जिदा मन हलुका भयो , तर कतै धेरै त बोलिन भन्ने डर , म भित्र बैठक मा लागे , टि.भी मन्द आवाज मा खोलेर हेर्दै थिए । रिया अझै बाहिरै थियो , उसलाई मेरो कुरा पच्ने समय दिनु आवशक थियो । मैले उसलाई मात्रै नभई उसले पनि मलाई गुमाने जानकारी गराउनु थियो मलाई ।


केही क्षणमा रिया भित्र आइ , म सोफामा पल्टि रहेको थिए उु आइ सोफामा बस्न खोजी म उठेर उसलाई बस्ने ठाउँ छाडि दिए , उु मेरो छेउमा बसी । म केही बोलिन उु पनि मौन थियो । म उसलाई नहेरी टि.भी तर्फ हेरी रहेको थिए ।


रिया - "अझै रिशाइ रहेको छौ ?"


- "म किन रिसाउने तिमीले के नै गरेको छौ र ? तिमीले मलाई माफ गरी दियौ म खुशी नै छु । "


रिया ले मलाई अंगालेर आफ्नो स्पर्श मेरो ओठमा छाप दियो , उसको आँखा रसायो मेरो ओठमा मैले उस्को स्पर्श सँगै उसको आँशु पनि पाए । मेरो काधलाई आफ्नो सिरानी बनाइ । हामी त्यही सोफामै बस्यौ , आफ्नो काधमा मैले उसको झरी रहेको आसुँ हरुको स्पर्श अझै पाइरहेको थिए । शायद उु अतित का पल हरु सम्झी , त्यस्लाई आफ्नो आसुँ ले धुने प्रयत्न गर्दै थीइ वा बर्तमान मा बसेर आउने भबिश्य सम्झी रोई रहेको थीइ त्यो मलाई थाहा थिएन ।


मैले पनि रिया लाई आफ्नो अंगालोमा कहिले नछोड्ने गरी बाधे , तर भबिश्य देखी म अग्यात थिए, मैले पनि बर्तामन मै बस्ने निधो गरे । हाम्रो भविश्यले के मोड लिने हो त्यो हामी दुबै लाई थाहा थिएन तर अहिले मेरो अंगालो मा रिया छे र उसको मा म , यदी भविश्यमा हाम्रो भेट नहुने भए पनि उसको माफि ले मलाई मुक्त गरेको थियो र केरेनले भने झै - "I have confronted my ghosts ." मेरो गल्तीले प्रयासचितको फल पाएको थियो, च्याङ्ग्राको बिहे मा रियाले माफि दिए जिन्दगी सफल हुन्थ्यो भन्ने कामना पनि पुरा भयो ।


टि.भी मन्द आवाज मा खुल्लै थियो , रिया र म एक अर्कालाई बाधी आउने दिनको प्रतिक्षा मा सुस्ताउन लाग्यौ  .................................


समाप्त :


 

Read Full Discussion Thread for this article