Posted by: Shuvalav June 24, 2009
डि.भि त पर्‍यो तर चिन्ता झन धेरै
Login in to Rate this Post:     0       ?        

साझाका विद्वान मित्रहरु


नमस्कार


मैले एउटा जिज्ञासा विसाएको छु कृपया आफुले जानेको शेयर गरि दिनु भए आभारी हुने थिएँ ।


समस्या यस्तो छ ... मेरो एक जना मित्र अमेरिका आएको वाह्र वर्षभयो । वहाँ अमेरिकीको आइ भि पी (J) भिषामा आउनु भएको थियो गरिवीका कारण फर्किनु भएन । वहाँले साना नानीहरु र परिवार छोडेर आउनु भएको अहिले तिनीहरु जवान भैसकेका छन् । विचराको न त फर्किन सक्ने अवश्था छ न त उनीहरुलाई वोलाउने नै कुनै मार्ग छ ।


हालै यहाँको ठेगानाबाट भरेको र यही कै ठेगानामा पहिलो डिभीको पत्र आएको छ । अव के हुन्छ भनेर वहाँलाई झन उत्साह र हतोत्साहीको भावना आएको छ । वहाँलाई के गर्दा हुन्छ भन्ने पनि थाहा छैन । विचरा यतिका वर्षसम्म भारतीय र पाकिस्तानीको किचेनमा आफुलाई घिसारी रहनु भएको छ र वच्चाहरुलाई नेपालको राम्रो स्कुलबाट मुक्त गर्न लाग्नु भएको छ । अव के गर्नु पर्छ ? केही उपाय हुन्छ कि ?? यहाँहरुको मुल्यवान सुझावको म आभार व्यक्त गर्ने छु ।


यहाँहरुको जय होस्


धन्यवाद


डिभी पर्नेको शुभ चिन्तक


शुभलाभ

Read Full Discussion Thread for this article