Posted by: cRunch June 24, 2009
this is funny !!
Login in to Rate this Post:     0       ?        

Dont know who came up with this idea, but it makes me laugh

 

May be they should implement the same rule in the whole country .....esp for ministers and the govt. officers.

 

विमानस्थल कर्मचारीका कपडामा अब खल्ती हुन्नन ।

समाचारपत्र

वैदेशिक यात्रामा जाँदा तपाईको सामान विमानस्थलमा हराउने गरेको छ ? यदि छ भने अब ढुक्क हुनुस् किनभने यात्रुको सम्पर्कमा आउने कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाउने व्यवस्था भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खल्ती नभएको लुगा लगाउँदा चोरी कार्य कम हुने धारणा बनाएको छ। खल्ती नभएको लुगा लगाउँदा चोरीको सामान लुकाउन गाह्रो पर्ने भएकाले अख्तियारले यात्रुको सम्पर्कमा आउने विमानस्थलका कर्मचारीलाई खल्ती नभएको लुगा लगाउन सोमबार निेर्देशन दिएको छ ।
यो निर्देशन कडाइका साथ पालना गर्न /गराउन अख्तियारले पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाल वायु सेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोमबार नै पत्र पठाएको छ।


Read Full Discussion Thread for this article