Posted by: dipika02 June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

बौचा कुमार के छ हालखबर?
साथीलाई पनि चिन्न छोडिहाल्यौ,के भएको हँ तिमी झन? दिन दुई गुना रात चार गुना गर्दै बुढ्यौली बढेको त होइन होला नि है?


पुरे बाटो बिर्सेंको भए त चौतारी भनेर कता कता भौँतारी रहेको हुन्थेनी। त्यही बाटो चिनेको भएर त ठ्याक्कै ठाउँमै आइपुगेकी। तिमी पनि.....
अनी सञ्चै छौ?


बैरेलाई पनि अभिबादन।
रिट्ठे केटो कता लागेको हो कुन्नी? पल्लो गाउँ तिर लम्किराथ्यो लमक लमक गर्दै त्यही झिल्के गल्बन्दी बेरेको थ्यो  घाटिमा तेसैले चिनेकी मैले टाढै बाट। 
मामा खोइ मेरो? अनी सबै भन्दा ठुला हाम्रा ठुल्दाइ कता तिर लाग्नु भएको हो? अज्काल माइला दाई र चिप्लु चै आफ्नै गाउमा चौतारी खानेर बस्नु भएको त होइन होला नि? 


सानु सञ्चै? खुशी आरामै?


धेरै दिन भयो अनी गाउले हरुको न्यस्रो लागेर आएकी म भेट्नलाई। अहिले जान्छु है।


मिलिजुली बस्नु (यो चै प्रिय बौचा कुमार लाई )

Read Full Discussion Thread for this article