>>>ritthe, himalaya ko ni bhai?<<<
खै सबै त्यस्तै भन्छन तर बैज्ञानीक कारण पता लाउन सकिया छैन !
मन्त्री महोदय त दारी र कपाल दुवै खौरेर कस्तो चिन्नै गार्हो भएछन्त ! सपथ लिएको २-४ दिन्मै तोँद पनि हल्का देखिएछ !
देखेउ त सान्नानी, हामीले ह्या एउटा कोठामा बसेर गुनासो गरेको कुराको पनि कत्ती छिट्टो सुनुवाई हुदोरैछ ! मन्त्री ज्युले नपढे नि मन्त्री ज्युको छोरछोरीले पक्कै पढ्छन होला साझा ! नभये त एती छिट्टै सोमको गेट अप चेन्ज हुने भन्ने नि हुन्छ?
अब हिमाल दाईको पालो,
वास्तवमा साझामा एउटा जटिल समस्या पर्छ मलाई कैले काही, अझ मलाई मात्र होइन धेरैलाई परेको हुन सक्छ त्यस्तो समस्या !
साझामा पोस्ट गर्ने दाजु भाई दिदी बैनीहरुलाई जब अलिक बढी चिनिएपछी सम्बन्ध गांसेर बोल्न खोजिन्छ तेतिबेला यो मगज ले धेरै कसरत गर्नु पर्छ के भनेर सम्बोधन गर्ने भनेर ! कस्लाई दाई भन्दा उपयुक्त होला कस्लाई भाई भन्दा उपयुक्त होला? अझ महिला साथीहरुमा गरेको यो अड्कल त झन बिग टाइम फेल खान्छ ! तेइ भएर पनि होला राहुलदाइले सबैलाई दाई भन्ने गरेको ! झन्झट नै साफ !
होइन कसरी पत्ता लाउने हो साझा मा पोस्ट गर्ने मान्छे कती उमेर समुह को हो भनेर?
के यि तथ्यहरुलाई आधार मान्न सकिन्छ?
१ ब्यक्तीले लेख्दा प्रयोग गरेको भाषा शैली
२ शब्द को छनौट
३ प्रतिकृया ले झल्काउने उक्त ब्यक्तिको अनुभव
४ सहभागिता जनायीएका धागोको प्रक्रिती
तपाईंहरुको विचारमा के होला?