Posted by: shirish June 23, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        
राज्यमन्त्री भट्टराईमाथि माओवादी आक्रमण

माओवादी कार्यकर्ताहरुले टिकापुर नगरपरिषद उदघाटन कार्यक्रम ढुङ्गामुढा गरी बिथोलेका छन् ।



कैलाली जिल्लाको टिकापुर नगरपरिषद उदघाटन गर्न पुगेको उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईमाथि माओवादी कार्यकर्ताहरुले आक्रमण गरी उनी चढेको मोटरमा क्षति पुर्‍याएका छन् । असार ९ गते परिषद उद्घाटन कार्यक्रम सुरु हुनैलाग्दा करिब २५० माओवादी कार्यकर्ताहरुले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमको बिरोधमा नाराबाजी गर्दै लाठीले आक्रमण थालेपछि झडप सुरु भएको थियो । प्रहरी र माओवादी कार्यकर्ताबीच भएको झडमा डेढ दर्जन माओवादी कार्यकर्ता र आधा दर्जन प्रहरी घाईते भएको टिकापुरबाट पत्रकार पूर्ण थापाले बताए । राज्यमन्त्री टिकापुरबाट फर्कन लाग्दा माओवादी कार्यकर्ताहरुले प्रहार गरेको ढुङ्गाले राज्यमन्त्री चढेको मोटरको सिसा फुटेको छ ।


 सूचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ
Read Full Discussion Thread for this article