Posted by: shirish June 22, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     1       ?         Liked by
घर कोठामा न ढोका न झ्याल राख्या’छु !
अध्यारो पस्ने डरले पर्खाल राख्या’छु !

सच्चा दुष्मन हौ कि ख्याल ख्यालको साथी
नियत बुझ्न कन्चटमा नाल राख्या’छु !

काम नगरि नाम खोज्नु रोग हो भन्थें
अचेल जय गाउनेको सन्जाल राख्या’छु !

बर्गीय बिभेदको बिबाद बेकार हो-
मोटो डसना मुनि मैले पराल राख्या’छु !

पाली राखेको चोरेर खान दिदै दिन्न
खोरमा बरु आफ्नै धूर्त स्याल राख्या'छु !
Read Full Discussion Thread for this article