Posted by: pyaari kt June 21, 2009
"RECENT TOP TEN NEWS"..MAOISTS ARE TERRORISTS
Login in to Rate this Post:     0       ?        

सभासद्को अभद्र व्यवहार



काठमाडौँ। माओवादीको उद्दण्डता र अराजकता झन्–झन् बढ्दै गएको छ। अन्य राजनीतिक पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमणका घटनाहरु तीब्र बन्दै गएका छन्।  
सरकारबाट बाहिरिएलगत्तै माओवादीले राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई धम्क्याउने, साङ्घातिक आक्रमण गर्ने कार्यलाई तीव्र पार्दै लगेका छन्। उनीहरुले साङ्घातिक आक्रमण राजनीतिक पार्टीका नेता–कार्यकर्तामाथि मात्रै होइन सरकारी कर्मचारीहरुमाथि पनि धम्क्याउने र कुटपिट गर्ने कार्यलाई अगाडि बढाएका छन्। आफूले भनेअनुसार सरकारी कर्मचारीले काम नगरेको भन्दै ललितपुरका सभासद् राजकाजी महर्जनले स्थानीय विकास अधिकारी नारायण ज्ञवालीमाथि अभद्र व्यवहार गरेका छन्। सभासद् महर्जनले गत बिहीबार आफूले भने अनुरुप अधिकारीले काम नगरेको भन्दै सभासद् महर्जनको नेतृत्वमा गएको लामटार–लाँकुरी भन्ज्याङ–पनौती सडक उपभोक्ता समितिका पदाधिकारीले ज्ञवालीमाथि अभद्र व्यवहार गरेका हुन्।
९७ लाख बजेटमध्ये लामटार–लाकुरी भञ्ज्याङ–पनौती सडकका लागि विनियोजित बजेट रोक्का गरी गोदावरी–चापाखर्क सडकका लागि उपलब्ध गराएको भन्दै ज्ञवालीमाथि अभद्र व्यवहार गरेका हुन्। ज्ञवालीमाथि माओवादी सभासद्ले गरेको सो घटनाको नेपाल निजामती कर्मचारी सङ्गठनले विरोध गरेको छ।

Read Full Discussion Thread for this article