Posted by: shirish June 21, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        

चन्द्रसिंहको पहिरनले कमसेकम देशलाई कुनै घाटा पुर्‍याएको छैन ।


पुर्याएको छैन तर पुर्याउने संभाबना नभएका भने होईनन् ! मन्त्री हुनु भनेको निती निर्णयहरु effective रुपमा लागु गर्नु छ (यदि छ भने) र ब्यक्तित्व (personality) को जरुरत पर्दछ ! innate personality बाहेक looks ले दिने ब्यक्तित्व पहिरणले जनाउंछ ! बेलायतमा हेर्नुस् Gordon Brown को कत्रो आलोचना भएको थियो Tony   Blair सित compare गरेर ! ओबामाकै केसमा हेर्नुस् न उनले अमेरिकी पिन लाएनन् भनेर अराष्ट्रिय भन्न समेत पछि परेनन् !


 


मन्त्री बनाइदिएका छन् उनले अब केही दिनमा दौरा शुरूवाल किनेर लाउलान्।


 


मन्त्री बनाई दिएका छन् भनेर भट्टराई जीको खुबीको अबमूल्यन गर्न खोज्नु भएको ? कृपा नै गरिएको हो त !


उनको political asset छैन र ? तपाई आफै भन्नु हुन्छ उनी सच्चा र ईमान्दार छन् !


 


कांग्रेसमा यस्ता धेरै मान्छे छन् जो साँच्चै  इमान्दारीताको समाजवादी आवरनको आदर्शमा बाँचेका छन् र यस्ता आदर्शवादी जोगीहरू जसले समाजवादको आदर्श बाँचेका छन् तिनको संख्या सर्वहाराको नारामा भ्रष्ट बनेर गन्हाएर सडे गलेका कम्युनिष्टहरूको तुलनामा त्यहीँ बढी छ ।


मान्दछु तपाई भनाई !


 


हो कांग्रेसी डफ्फा भित्र भ्रष्टहरू पनि प्रशस्त छन् र ती भ्रष्टहरू कम्यनिष्ट समानताको नशा खाएर देशलाई मजाले लुट्ने हरूमा झन बढी छन् । नेपालको बिडम्बना के हो भने , कम्युनिष्ट बनेर एन जी ओ को खेति गरेर ९०% भन्दा बढी डलरको बाली फलाउनेदेखि सरकारमा बसेका बेला पार्टीको नाममा संयुक्त लुट मचाएर बडेमानका गौँथली महल ठड्याउनेदेखि लिएर शहिदपुत्रको कोटामा आफ्ना छोरालाई डाक्टरी छात्रवृत्तिमा लूट मच्चाउने बामदेवहरूको कथा सँधै लुकिरहन्छ । धेरै छन् यी कथाहरू चाहिए सम्पर्क गर्नु ।  


 


मान्दछु मैले भनि हालें नि ! कम्युनिज्म नारा मात्र हो भनेर ! सार्थक भए संसारैबाट कोन लोप हुन थाल्थ्यो कम्युनिज्म !!

 

नेपालीको दुर्भाग्य: 


कम्युनिज्मको बारेमा यति कुरा हुंदा हुदै पनि कमरेड माधब कुमार नेपाललाई नेपालको प्रधानमन्त्री बनाउने डिजाईन कस्को ? प्रस्ताबक को ? नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईराला ! मेरो अरु भन्नु छैन !!

Last edited: 21-Jun-09 09:44 AM
Read Full Discussion Thread for this article