Posted by: sumedhu June 20, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        
शिरिश,

मैले तेरो पोष्टहरु लगातार हेरेको छु र तेरो काम सुजाताको पछि कुकुरले झैँ सुँघ्दै हिँडेर उसका सु वा दूर्गन्धहरूको बखान गर्नु हो । किनभने रामहरि हत्या वा प्रचण्ड थैवको हत्यामा देस बलिरहँदा पनि तेरो दृष्टि कुन कामग्रेसीले के खायो वा खाएन भनेर खोजी गर्दै बितेको थियो ।  सुजाताले यो र त्यो गरि भनेर नेपाली कम्युनिष्ट छापाबाट कपि गर्दै पेष्ट गर्ने तेरो जागिर आज अर्को कांग्रेसीले गतिलो कपडा लगाएन भनेर आलोचना गर्ने बहादुरीमा रुपान्तर भएको देख्दा के भन्न मन लाग्यो भने तेरो जागिर चाहे तिनले राम्रो वा नराम्रो जे गरुन  कांग्रेसी नामका मान्छेहरूको आलोचना गर्नका लागि नै दिइएको हो । 

चन्द्रसिंहको पहिरनले कमसेकम देशलाई कुनै घाटा पुर्‍याएको छैन । मन्त्री बनाइदिएका छन् उनले अब केही दिनमा दौरा शुरूवाल किनेर लाउलान्। कांग्रेसमा यस्ता धेरै मान्छे छन् जो साँच्चै  इमान्दारीताको समाजवादी आवरनको आदर्शमा बाँचेका छन् र यस्ता आदर्शवादी जोगीहरू जसले समाजवादको आदर्श बाँचेका छन् तिनको संख्या सर्वहाराको नारामा भ्रष्ट बनेर गन्हाएर सडे गलेका कम्युनिष्टहरूको तुलनामा त्यहीँ बढी छ । हो कांग्रेसी डफ्फा भित्र भ्रष्टहरू पनि प्रशस्त छन् र ती भ्रष्टहरू कम्यनिष्ट समानताको नशा खाएर देशलाई मजाले लुट्ने हरूमा झन बढी छन् । नेपालको बिडम्बना के हो भने , कम्युनिष्ट बनेर एन जी ओ को खेति गरेर ९०% भन्दा बढी डलरको बाली फलाउनेदेखि सरकारमा बसेका बेला पार्टीको नाममा संयुक्त लुट मचाएर बडेमानका गौँथली महल ठड्याउनेदेखि लिएर शहिदपुत्रको कोटामा आफ्ना छोरालाई डाक्टरी छात्रवृत्तिमा लूट मच्चाउने बामदेवहरूको कथा सँधै लुकिरहन्छ । धेरै छन् यी कथाहरू चाहिए सम्पर्क गर्नु ।  अब चन्द्रसिंहका बारेमा :

- के जनतमारा युद्दमा जिन्स लगाउने र कपाल काट्ने केटीलाई शिर मुण्डन गराइ सजाय दिलाउने आतंककारी कम्युनिष्टहरू आँफै सरकारमा पुगेर जिन्स र ब्वाइज कटमा सपथ लिने हिसिला र पम्फाको कर्तूत भन्दा  चन्द्रसिंहको पहिरनले मुलुकलाई घाटा दियो ?

 - को हो भ्रष्ट ? मुलुकको खरबौँ लूट्ने खरबौँको संरचना उडाउने माओवादी ? करोडौँ  खाने खुमे , बामे, गोबिन्दे, वाग्ले वा   अरबौँ बिना कागज प्रमाण सरकारी ढुकुटीबाट लगी छापामारलाई बाँड्ने नाममा रिसोर्टमा सयल गर्ने प्रचन्डे ? कति हो माओवादीले हिजोदेखि आजसम्म लूटेको रकम र कहाँ छ त्यस्को उपयोगको रेकर्ड ? कस्तो लूटलाई भ्रष्टाचार भन्ने हो ? कांग्रेसीको लूट् भ्रष्टाचार अनि कम्युनिष्टरूपी ब्वावसको चाला ओढेपछि लूट् नै क्रान्ति हुने हो कि कसो ? कस्तो लुटपरस्त मानसिकता यो ? अहिले माओवादी , वाइसिएल र छापमारले मुलुकभरि चलाएको लूट क्रान्ति, लुट ठेक्का, लूट क्यासिनो, लूट जग्गा कारोबार, लुट हप्ता असूलि , ई सब कुन कोटीका क्रान्ति हुन बताउँथिस् कि ? 

मेरो बिचारमा यी सबै लूट र भ्रष्टाचार नै हुन । तर तेरो  आँखामा सुजाताले गर्ने भ्रष्टाचार हुन्छ र प्रचण्डेको डफ्फाले गर्ने कुरा क्रान्तिकारिता । 

मान्छेको पहिरन सबै कुरा हैन तर त्यो पहिलो इम्प्रेसन् हो । नेपाली मन्त्री दौरा शुरुवालमा हिँडून र भ्रष्टाचार बिरुद्द कडा होऊन तर दावा एउटा र व्यवहार हर्को गरेर जनता नढाँटून । सर्वहाराको नेता  बनेर बिलाशी जीवन बिताउनेहरू र अरबौँ कुम्ल्याएर हाम्रो निजि सम्पत्ति केही छैन भन्नेहरू बढि खतरनाक छन् किनभने यिनको नियत बैमान छ । तर सादगी जीवन बिताउनेबाट कसैलाई केहि घाटा छैन । नेपालमा कछाड बाँधेर चप्पल पड्काउँदै बाटोमा पैदल हिँड्न सक्ने क्रान्तिकारी मन्त्रिको खाँचो छ , लूटको राजमा क्रान्तिकारिताको ज्यानमारा उद्योगका सञ्चालकहरूको हैन 
Read Full Discussion Thread for this article