Posted by: Rahuldai June 19, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

हिमाल दाई नि भन्छु है , रिसानी माफ।



हिमाल दाई संग मेरो अतित गांसिएको छ। एक जना हिमाल दाई ठुलिआमाको छोरा। सानै देखी हिमाल दाई भन्दै आएको।


अर्को एक जना सर हुनुहुन्थ्यो, संसक्रित नेवारीमा पढाउने स्कूलमा । सर लाई दाई भन्ने चलन थियो त्यतिबेला। हिमाल दाई- शाहरै कडा। थप्पड नखाएका कोइ हुँदैनथे।


"तिमिहरुलाई भोली पाठ सोध्छु , यहाँ देखी यहाँ सम्म पढेर आउने" भन्नु हुन्थ्यो।
अनी अर्को दिन क्लास मा आउने बित्तिकै पाठ नाउने जम्मै बेन्च माथि उठ भन्नु हुन्थ्यो।


बसेका लाई पनि " जो जो आउछ भनेर बसेका छन्,पाठ सोध्दा आएन भने दोब्बर सजाय हुन्छ। पाठ नाउनेलाई ५ लठ्टी , आउछ भनेर भन्न नसक्नेलाई १०"।
त्यसप्छी बाँकी बचेँखुछेकाहरु पनि उठ्थे।


पुरै समय सबैको हातमा लट्ठी बजारदै कटाउथे। त्यस्तो पनि दिन थियो।

Read Full Discussion Thread for this article