Posted by: perfectionist June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, आज त सखारै आएँ, लु ठुल्दाइ ढोका नि खुल्यो, आज त ठुलो दिन छ, ईतिहास रच्छ भन्ने आसा छ। अब म एस्सो घुम-फीर गरेर आउँछु अनी धुर्ब्र्बेकाँ जाउम्ला नि है, चिया त ल्याउनै छाडे चौतारीमा, खै कस्तो हुन्थ्यो भन्ने नि स्वाद बिर्सी सकें मैले त, अनी एस्तै हुँदा केलिचा याद आउनी हो क्या, नेपालाँ गर्नु मज्जा गरिरा होला है, हाम्रो याद नि आउन्न केरे, आउँदो हो त एस्सो चौतारीमा भेट्न आउँथी होला, केली सँग सँगइ सप्पै चेली-बेटी हराए, खै के हो के हो।

लु कत्ती र के के मा मात्र गुनासो गर्नु, सप्पै को दिन दामी जाओस केरे, प्रणाम!
Read Full Discussion Thread for this article