Posted by: comingsoon June 14, 2009
sabai nepali le padnai parne
Login in to Rate this Post:     0       ?        
दुर्दशाको दिशामा


गत
महिना भारतीय गुप्तचर संस्    थाका उच्च पदस्    थ अधिकारीहरू काठमाडौँ
प्रवेश गरे । उनीहरूको मिसन थियो, अंग्रेजी मे महिनाभित्र कुनै पनि हालतमा
पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकार ढाल्ने । सरकार ढाल्नैपर्ने कारण
माओवादी थिएन । त्यसको कारण थियो, प्रचण्डलाई चीनको भ्रमण गर्नबाट रोक्ने
र प्रस्    तावित शान्ति तथा मैत्री सन्धिलाई तुहाउने ।
सेना विवादको
बीचमा एकपटक स्    थगित भएको प्रचण्डको चीन भ्रमण दोस्रोपटक रोक्न सक्ने
कुनै आधार थिएन । पछिल्लो समयमा माओवादीभित्र चीनप्रति सदासयता
राख्नेहरूको शक्ति बलियो बन्दै आएको थियो । प्रचण्डले अनिच्छापूर्वक भए
पनि चीनद्वारा प्रस्    तावित सन्धिमा सहमति जनाउने कुरा निश्चित थियो ।
नेपालको हितमा रहेको सन्धि मस्    यौदामा संसद्वादीहरूले विमति राख्न
सक्ने ठाउँ पनि थिएन । सन्धि तुहाउने षड्यन्त्रको पहिलो कदम
माओवादीभित्रैबाट सुरु भयो । त्यस पार्टीभित्र भारतपरस्    त भनी चिनिएका
तत्त्वहरूद्वारा सन्धिको मस्    यौदा सञ्चारमाध्यममा चुहाएर त्यसका
विरुद्ध भारतीय गतिविधि अघि बढाउने आधार बनाइयो ।
नेपाल भ्रमणमा आएका
एक भारतीय गुप्तचरले ठूला भनिने सबैजसो दलका नेताहरूलाई भेटेर सरकार
बदल्ने भारतको योजनाबारे जानकारी दिए । समस्    याको मुख्य पात्र थियो
एमाले । एमालेको समर्थन रहँदासम्म प्रचण्डको सरकार ढल्ने कुनै सम्भावना
थिएन । तसर्थ, ती भारतीय अधिकारीले सबै शक्ति एमाले नेतृत्वपंक्तिमा
प्रयोग गरे । सरकार परविर्त

Read Full Discussion Thread for this article