Posted by: Pandey Anil June 14, 2009
आना सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ
Login in to Rate this Post:     0       ?        

ANA (आना) सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ


Published by Hamaosamaj on June 11, 2009




आना सम्मेलनको तयारी नेपाल सरकारलाई पाठ


अनिल पाण्डे


                                   Anil Pandey


                                      california


अमेरिकामा रहेका नेपालीहरुको लोकपि्रय छाता-संघ एशोसिएसन अफ नेपाली अमेरिकन एएनए÷अना को २७औं सम्मेलनको तयारी जसरी भएको छ त्यो एकता लोकतन्त्र र समावेशी सहकार्यको उदाहरण बन्न पुगेको छ । सम्मेलन तयारी समिति उपसमितिहरुको कामबाट एक महिना लगाएर पनि सरकार गठन गर्न नसक्ने नेपाली राजनीतिक पार्टीहरुले ठूलो पाठ सिक्नसक्ने अवस्था छ ।
नेपालमा नेताहरुले मन्त्रीको कुसर्ीका लागि ताण्डवनृत्य नाचेर सर्वाङ्ग नग्न स्वरुप सार्वजनिक गरिरहेका छन् । पार्टीहरुको छाती कति सङ्कीर्ण रहेछ- जनताले लामो उच्छ्वासका साथ अवलोकन गरेका छन् । राजनीतिक दलले नयाँ नेपाल निर्माण गर्ने जनचाहनालाई होइन कुसर्ीलाई महत्व दिएका रहेछन् भन्ने कटुसत्य प्रकट हुन पुगेको छ । स्वभावतः जनतामा यति वढी निराशा छाएको छ कि विदेशी अतिक्रमणकारी शक्तिले हात हाल्यो भने पनि ुआफ्नाले सकेनन् के गर्नु तु भन्ने समर्पणवादी सोच सिर्जना हुने समय आएको छ । यस प्रकारको चिन्तन भयानक भूकम्पको पूर्वाभासका रुपमा प्रकट भैसकेको छ ।


आना सम्मेलन सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर यसको तयारी पाका व्यक्तित्व गोविन्द शाहीको नेतृत्वमा केही साताअघि नै पूरा भैसकेको छ । प्रारम्भमा केही असहज परिस्थिति सिर्जना नभएको होइन । अना सम्मेलन आयोजक को हुने भन्ने विवाद पनि देखियो । तर द्वन्द्व व्यवस्थापनमा समेत अनुभवी रहेका शाहीले यस विवादलाई अत्यन्त सफलताका साथ निवारण गर्नुभयो । भनिन्छ द्वन्द्व मूलतः चार किसिमले निवारण गर्न सकिन्छ- प्रारम्भमा रोकथाम दोस्रोमा व्यवस्थापन तेस्रोमा समाधान र चौथो रुपान्तरण । आयोजक को हुने भन्ने विवाद सतहभित्र मात्र नरहेर बाहिर पनि प्रकट भैसकेको अवस्थामा थियो । व्यवस्थापनको चरणमा पुगेको त्यस द्वन्द्वका पक्षहरु आज एकसाथ मिलेर कन्भेनर शाहीलाई नै सघाइरहनु भएको छ ।


खासमा अना अमेरिकामा रहेका नेपालीहरुको आस्था पुाज हो भन्ने तथ्य बुभुन र बुझाउन सकेकै कारण सम्मेलनको तयारी चौथो गियरमा दौडिन सकेको हो । सम्मेलन क्यालिफोर्नियामा हुनु यस क्षेत्रका सारा नेपालीको गौरवको विषय हो भन्ने आत्मबोधले पनि तयारीको तीव्रतामा पखेंटा हालिदियो । सम्मेलनको तयारीका लागि विभिन्न विभाग शाखा र क्षेत्रमा रहेर काम गर्ने हरेर व्यक्तिले आपुूलाई यसको एक अभिन्न पात्र मात्र सम्झेन एक सम्मानित सदस्य पनि महसुस गर् यो । विदेशमा आएपछि नेपालीहरु एक प्रकारले पहिचानको खोजीमा भौतारिइरहेका हुन्छन् । नयाँ र अनौठो किसिमको भोक जाग्छ प्रवासी नेपालीहरुमा पहिचानको । अना सम्मेलनको तयारीमा लाग्नुहुने सम्पूर्ण दाजु-भाइ-दिदी-बहिनी नेपाल र नेपालीको पहिचान उच्च राख्न समर्पित हुनुहुन्छ । उहाँहरुको यही समर्पणका कारण समयमै सम्मेलनको तयारी पूरा हुन सकेको हो ।


अना सम्मेलनको सफलताका लागि मन वचन र कर्मले समर्पित साथीहरुले कुनै भौतिक प्रतिफलको आशाले यो काम गर्नुभएको होइन । ुकर्मण्येवाधिकारस्ते माफलेसु कदाचनःु को आदर्श तयारी समितिका हरेक सदस्यमा रहेको अनुभूत गर्न सकिन्थ्यो । यद्यपि यस सम्मेलनले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालीलाई भौतिक लाभ पनि नदिने भने होइन । किनभने सम्मेलनमा व्यापार व्यावसाय प्रवर्धन साहित्य सङ्गीतको उत्थान नयाँ तथा पुरानो फेसन कला खेलकुद लगायतका विधामा नेपाली समुदायले आफ्नो एउटा उचाईं हासिल गरेको प्रमाण अना सम्मेलनमा प्रस्तुत हुनेछ । अर्को शब्दमा भन्नुपर्दा नेपाली जातिको सभ्यता यस सम्मेलनले व्यक्त गर्नेछ । हामीले आफ्नो पहिचान र अस्तित्व यस सम्मेलनमा प्रकट भएको देख्नेछौं । एकातिर नेपाली समुदायले मनदेखि गौरवको अनुभूति गर्नेछ भने अर्कातिर व्यापार व्यवसाय अभिबृद्धि गर्दै धन आर्जन गर्ने अवसर पनि नेपाली समाजले पाउन सक्नेछ ।
ुपछिल्ला बर्षहरुमा अमेरिकामा नेपाली समुदायको उपस्थिति र घनत्व बढेको छ । यस समुदायलाई गौरवान्वित गराउनु अत्यन्त आवश्यक छ । हामी अर्को कुनै समुदायभन्दा कुनै पनि अर्थमा कमजोर छैनौं । हाम्रो कला संस्कृति परम्परा मौलिकता व्यापारव्यवसायका सीप र प्रसिद्धिमा हामीले सगरमाथाको उचाईं छोएका छौं भन्ने आत्मिक अनुभूतिका लागि एएनए सम्मेलनले कोशेढुङ्गाको काम गर्नेछ । हामीमा आफ्नो शक्तिको पहिचान भएमा नै हामीले विश्वका आम समुदायको
बसोबास रहेको अमेरिकामा आफ्नो पहिचान बनाउन सक्नेछौंु कन्भेनर शाहीको यस भनाइसँग लेखक शतप्रतिशत सहमत छ ।


अना सम्मेलनको सफलता पत्रकार मित्रहरुको सहयोगमा निर्भर गर्दछ । तयारीमा पनि उहाँहरुको सहयोगले एक रक्तसाचारको काम गरेको छ । समाचार लेखेर मात्र उहाँहरुले यसका गतिविधिलाई उजागर गर्नुभएन तयारीमै पनि जुट्नुभयो । जनमत बनाउँन र अना सम्मेलनमा स्वयंसेवीका रुपमा सरिक हुन अमेरिकामा रहेका नेापालीलाई अभिप्रेरित गर्ने काम उहाँहरुले नै गर्नुभएको हो । आम साचारका चार काममध्ये सूचना शिक्षा र अभिप्रेरणा दिने काम साचारकर्मी मित्रहरुबाटै भयो जसले गर्दा आज सयौंको संख्यामा अना सम्मेलनको तयारीका लागि मात्र नेपालीहरु जुटिरहेका छन् । सम्मेलनमा स्वयंसेवी भएर काम गर्न खासगरी युवा समुदाय विद्यार्थी निकै तदारुकताका साथ प्रस्ताव लिएर आएका छन् । यी यावत तत्परताका लागि साचारकर्मीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
अन्त्यमा तयारी समितिमा साचार क्षेत्र हेर्ने एक सदस्यका हैसियतले म सम्पूर्ण सहयोगी महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछु । हामीले एकताबद्ध ढंगबाट विदेशमा जे-जति काम गरेका छौं त्यो आफ्नै मुलुकभित्र पनि गर्नसक्छौं । हामीले विदेशमा हासिल गरेको सफलता मुलुकमा सरकार गठन गर्ने नेताहरुसम्म पनि पुग्नु आवश्यक छ । आफै मात्र अवसर लिने र त्यागको भावना नराख्ने हो भने अना सम्मेलन मात्र होइन नेपाल सरकारले पनि पूर्णता पाउने छैन । यस सत्यप्रति सबै सचेत हुनु आवश्यक छ ।

Read Full Discussion Thread for this article