Posted by: aficionado June 13, 2009
'पुरुष' ले फेरी बच्चा जन्माए
Login in to Rate this Post:     0       ?        

महिलाकै रुपमा जन्मेको भए पनी लिङग परिवर्तन गरेर पुरुष भएका एक अमेरिकिले फेरी अर्को बच्चा लाई जन्म दिएका  छन। Thomas Beatie नाम गरेका ति मानिस अहिले पुरुष नै मानिएता पनी प्रजनन अंग भने महिलाकै भएको कारण यो सम्भव भएको हो।

गएको वर्ष पहिलो बच्चालाई जन्म दिएर चारैतिर समाचारमा छाएका उनले आफु दोस्रो पटक गर्भवती भएको कुरा बताउदै आएका थिए। ३५ वर्षिय Thomas Beatie ले गएको जुलाई मा छोरीलाई जन्म दिएका थिए भने अहिले एउटा छोरा लाई जन्म दिएका छन।

आफु गर्भवती भए पछी पाएको प्रचार प्रसारले देखेर उनी आफै अचम्ममा परेको उनी बताउँछन। " बच्चा जन्माउनु कुनै महिलाको मात्र अधिकारको कुरा हैन यो त सबै मानिसको अधिकारको कुरा हो त्यसैले मलाई पनी बच्चा जन्माउने पुरा अधिकार छ।" उनको भनाई थियो।
 
यो कुरा थाहा पाउंदा अधिकांश मानिसहरु किन छक्क परे होलान भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो,  "मलाई लाग्छ धेरै मानिसहरुले पुरुष गर्भवती भएको देखेका थिएनन।"

Last edited: 13-Jun-09 11:46 PM
Read Full Discussion Thread for this article