Posted by: comingsoon June 13, 2009
साकारात्मक सोचँ र सिर्जना बाट सुरुगरौ
Login in to Rate this Post:     0       ?        






यस्तो होस् कान्तिपुरी नगरी
आर्किटेक्ट इन्जिनियरको परिकल्पनामा उपत्यका





सुरज कुँवर


ललितपुर,
उपत्यकाको बाहिरी चक्रपथमा 'मेट्रो' रेल गुडिरहेको छ । पशुपतिनाथको दर्शन
गर्न कलंकीबाट रेल चढेका दर्शनार्थी 'ठ्याक्कै टाइम' मै गौशाला उत्रिए ।

फराकिलो
र चिरिच्याट्ट भित्री चक्रपथमा जताततै साइकल मात्रै देखिन्छन् । 'आइपड' मा
रेशम फिरिरी गीत सुन्दै साइकलमा पाटन दरबार घुमिरहेका विदेशी पर्यटक
वसन्तपुर डबली फन्को मारी भक्तपुर दरबारतिर बढिसकेका छन् । त्यहाँँबाट
नगरकोटको फन्को मार्दै लाँकुरीभञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, नागाजर्ुन
र सुन्दरीजल पनि साइकल चढेरै घुम्ने उनीहरूको योजना छ ।

विदेशी
मात्रै होइन, अचेल राजधानीवासीको पनि दुईपांग्रे साइकल 'बेस्ट च्वाइस'
बनेको छ । गणतान्त्रिक नेपाल सरकारले साइकल चढ्न प्रेरणा दिने कार्यक्रम
पोखरा लगायतका सहरमा लागू गरेको छ । यो कार्यक्रम देशभरका ग्रामीण भेगमा
पनि सरकारले लागू गर्ने योजना अघि सारेको छ । बाहिरी चक्रपथदेखि धेरै पर
गाउँ छन् । त्यसभित्र मात्रै सहर बसेको छ ।

यो साँच्चिकैको सहर नभए पनि यस्तै दिगो सहरको परिकल्पनामा तयार पारिएको उपत्यकाको नक्सा

हो
। नयाँ नेपाल बनाउन संविधानसभा भवनमा रहेका ६ सय १ सभासद्ले भने यो नक्सा
तयार पारेका होइनन् । यो नक्सा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक
इन्जिनियरिङ कलेजका स्वदेशी/विदेशी प्राध्यापक सहित १० जना इन्जिनियर
विद्यार्थीले तयार पारको भावी उपत्यका हो ।

उपत्यकाभित्रका
मन्दिर, सांस्कृतिक सम्पदा, नदी र पहाड साइकलमै फन्को मार्न पाइनेे भएकाले
लुक्ला र पोखरा घुम्ने पर्यटकको चाप यता पनि ह्वात्तै बढेको छ ।

उनीहरूको
परिकल्पनामा जता गयो त्यतै साइकलका पाइडल घुमाउनेको लर्को मात्रै देखिन्छ
। धूवाँ फाल्ने सवारीसाधन त आक्कलझुक्कल देखिन्छन् । जो पनि मेट्रो रेल र
साइकल मात्रै प्रयोग गर्छन् ।

राजधानीभित्रका
सबै सुन्दर सडक र गल्ली 'साइकल नेटवार्क' मा जोडिएका छन् । यो नेटवर्क
तराईको वीरगन्ज र नारायणगढसँग पनि जोडिएको छ । सिनामंगलको विमानस्थल निजगढ
सारिएकाले उतिसारो 'हवाई डिस्टर्भ' हुँदैन । वारिपारी शिरीष फुलेका यहाँका
सडकमा धूलोको कण भेटाउन मुस्किल छ । सडकमा निस्किनेले 'मास्क' ले मुख
छोप्नु पर्दैन, न त कपडा नै फोहोर हुन्छन् ।  

वागमती,
विष्णुमती, मनहरा, धोबीखोलामा साँझबिहान नुहाउने, कपडा धुनेको चाप हुन्छ ।
नेवारी बस्तीमा रहेका प्राकृतिक कुवा, पोखरी र इनारबाट खेर गइरहेको
खानेपानी भूमिगत कुलोबाट सिंचाइ र नदीमै निकास गराइएको छ ।

सबै
नदीवरिपरि बाक्लो वन छ । हिमाल र तराईका चराचुरुङ्गीको वासस्थानका लागि
लोकपि्रय बनेका नदीछेउ साइकल कुदाउने बाटा छन् । पानी र घामबाट जोगाउन सबै
नदीछेउका बाटामाथि छाना बनाइएका छन् । छानामा राखिएका पाताले सौर्य ऊर्जा
संकलन गरेका छन् । त्यही ऊर्जाले राजधानीका सडकका बत्ती बाल्ने गरेका छन्

नदी
सफा गर्न सबै बस्तीमा रहेका शौचालय, ढलको पानी खाडलमा जम्मा पारिएको छ ।
पानीका मुहान र जंगल जोगाउने हेतुले उपत्यकाका पहाडछेउ भएका बस्ती,
उद्योग, कारखाना दक्षिणी भेगमा सारिएका छन् । उपत्यकाभित्रको फोहोर
पुनःप्रयोग र पुनःचक्रीय प्रणालीमार्फत उद्योगहरूले उपयोग गरिरहेका छन् ।
'दिगो हराभरा सहरी विकास र गुणस्तरीय जीवन' का लागि पुनःप्रयोग हुने
प्राकृति सामग्रीको उपभोग बढ्दो छ ।

जर्मनकी
आर्किटेक प्राध्यापक याना ड्राइकाउजनको नेतृत्वमा 'आर्किटेक्चर एन्ड अर्बन
प्लानिङ' विभागले तयार पारेको नक्साजस्तै सहर बनाउन भने सम्भव रहेको
सहप्राध्यापक संगीता सिंहले दाबी गरिन् ।

'नेपाली
स्रोत र परिकल्पनामा यो सम्भव छ,' जर्मनबाट इन्प|mास्टक्चर प्लानिङ अध्ययन
गरेकी इन्जिनियर सिंहले भनिन्, 'एउटै सरकार भए करिब २० वर्षमा यस्तै सहर
निर्माण गर्न सकिन्छ । जर्मन प्राध्यापक ड्राइकाउजनले आफ्नो मुलुक हाल
नक्सामा रहेझैं उदाहरण दिँदै महानगरवासीको गुणस्तरीय जीवनका लागि यो
अवधारणा आवश्यक रहेको बताइन् ।

नेपाल
सरकारले सामाजिक, सांस्कृतिक र वातावरणीय मान्यतालाई सम्मान गरी यो
अवधारणा अपनाए नेपाल संसारको सुन्दर नगर हुने उनले दाबी गरिन् ।
आर्किटेक्चर एन्ड अर्बन प्लानिङ विभागले मंगलबार महानगरका पूर्वमेयर पीएल
सिंह र केशव विस्थापितलाई समेत सहभागी गराई यो नक्सा देखाइएको थियो ।

'सहरी विकासका जाँगरिला मेयर' भएकाले उहाँहरूलाई यो सम्भव छ भनी पुष्टि गर्न बोलाएको विभागले बताएको छ ।

Read Full Discussion Thread for this article