Posted by: Chicago-Bull June 9, 2009
झापा गौरादह तनाबग्रस्त
Login in to Rate this Post:     0       ?        

गौरादहमा कुर्सी जलाइयो



कास


दमक, गौरादह बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले सोमबार क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै कार्यकक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले ५ दिनभित्र पदबाट राजीनामा दिन प्रमुख भोजराज दाहाललाई चेतावनीसमेत दिए ।

दाहाललाई शनिबार आक्रमण गर्न गएका स्थानीयवासीबाट जोगाएर राखेकामा स्ववियुलाई थाहै नदिई उनी क्याम्पसबाट बाहिरिएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको स्ववियु सचिव सूर्यभक्त सिटौलाले जनाए । सिटौलाका अनुसार शनिबार माओवादीको बन्दका क्रममा गौरादहमा भएको भौतिक क्षतिको योजनाकारका रुपमा दाहाललाई आरोप लगाउँदै स्थानीयबासी क्याम्पसमै आक्रमण गर्न गएका बखत स्ववियुले जोगाएको थियो ।

'क्याम्पस समयभरि चिफको सुरक्षा जिम्मा हामीले लिएका थियौं, तर उहाँ हामीलाई थाहै नदिई नौ बजेनै हिंड््नुभयो,' सिटौलाले भने, 'विद्यार्थीलाई चिफले धोका दिएकाले राजीनामा मागेका हौं ।'

दाहालले भने आफूमाथि झूटा आरोप लगाएर फसाउन खोजेको बताएका छन्् । उनले भने, 'बौद्धिक संस्थाको नेतृत्व गर्ने व्यक्तिले तोडफोडलाई उक्साहट गर्ने कुरा सोच्न पनि सक्दैन ।'




Posted on Kantipur: 2009-06-08 21:04:44




Read Full Discussion Thread for this article