Posted by: aficionado June 9, 2009
काका मिलान बाट रियलमा
Login in to Rate this Post:     0       ?        

ब्राजिलियन फुटबल स्टार तथा सन् २००७ का फिफा फुटबल वर्ष खेलाडी काका अनन्त:  ईटालियन क्लब ए सी मिलानबाट रियल म्याड्रिड गएका छन। पहिले देखी नै उनी रियल जाने हल्ला चले पनी उनले यो कुरा नकार्दै आएका थिए। स्पेनिस र ईटालियन मिडियाहरुले काका 65-68 million युरोमा रियल गएको जनाए पनी यसको भने आधिकारीक पुष्टी भएको छैन तर काका मिलान छाडेर रियल गएको कुराको भने दुवै क्लबले पुष्टी गरेका छन।

 रियलको अफिसियल वेबसाईटमा जनाईए अनुसार काकाले अब आउँदो ६ वर्षको लागी रियलको लागी खेल्ने अनुबन्ध पत्रमा हस्ताक्षर गरिसकेका छन।

त्यस्तै  मिलानले पनी यो खबरको पुष्टी गर्दै भनेको छ,  "अब काका आउँदो ६ वर्षको लागी रियल बाट खेल्ने छन। हामीले उनलाई छाड्नु परेका धेरै दु:खी छौं र उनले विगत ६ वर्ष देखी हाम्रो क्लबलाई गरेको योगदान को हामी सराहना गर्दछौं।"

 सन् २००३ मा मिलान सँग अनुबन्धित भएका काका ६ वर्षको अवधी भर मिलानको प्रमुख खेलाडीको रुपमा रहदै आएका थिए। काका Florentino Perez  रियलमा आए पछी भित्रिने पहिलो खेलाडी भएका छन।

Read Full Discussion Thread for this article