Posted by: बैरे June 5, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

च्याङ्ग्रा - " अनी त एक्लै किन आको ?"


यो प्रश्नले मेरो हंस उडायो । म एक्कासी च्याङ्ग्रा तर्फ मोडे, उसको मुहारमा जगत नै उज्यालो पार्ने मुस्कान थियो । देख्या त थिन तर रिया पनि मुस्कुराएको अनुभव भयो । च्याङ्ग्राले ईशाराबाट म सँग माफि माग्यो, तर म रिशाउनु जरुरी नै थिएन आखिर मैले आफ्नो हक रिया सँग किन जताइ रहेछु म आफुलाई नै थाहा थिएन ।


च्याङ्ग्रा अली गम्भिर भएर - " तिमीहरुको झगडा अझै चली रहेछ ? अतितको कुरा सम्झी तिमीहरुलाई अतित मै बस्नु छ भने मेरो भन्नु केही छैन । गल्ती सबै बाट हुन्छ, म बाट पनि भएको थियो, तर आज ४ बर्ष पनि त्यही कुरा सम्झी आफ्नो जिन्दगी लाई चाँही रोक्या छैन । तिमीहरु को बिच के कुरामा खिस पिट छ त्यो मिला । मैले तिमीहरु दुबै को होटेल एउटै ठाउँमा बुक गर्दया छु, कोठा पनि छेउ छेउमा छ यहाँ बाट फिर्ता जानु अघी तिमीहरुको झगडा सकेको हुन्छ भन्ने विश्वाश छ । " हामी होटेल पनि पुग्यौ ।


"ल तिमीहरु फ्रेश भएर बस्नु म २ घण्टा पछी लिन आउछु " च्याङ्ग्राले म तिर हेर्दै ईशारा गर्‍यो, मैले कुरा बुझे ।


रिया काउन्टरमा गएर आफ्नो कोठाको कार्ड लिदै थि । उसको समान मैले उठाए , उसले "पर्दैन " भनी , हामी बिच ४ बर्ष पछी एकान्त को पहिलो शब्द त्यही थियो । मैले " योर विश " भन्दै समान छोडे । हुन त रूम अर्कै दिशामा भएको भए हामी आफ्नो बाटो लाग्थ्यौ होला तर एक आपसमा भएको ले हाम्रो हिडाइ एउटै दिशामा पर्‍यो । उस्लाई आफ्नो रूममा छोडि, म आफ्नो कोठा भित्र पसे ।


अतितका कुरा हरु सम्झदै आफुले गरेका गल्ती हरु सम्झी आँफैलाई कोश्दै थिए । समय बितेको पनि याद नै भएन । फोन बज्यो , च्याङ्ग्राले -" कुरा भयो ?" भनी प्रश्न गर्‍यो ।


"छैन"


"थुक्क तेरो जिन्दगी , ल ल अझै समय छ । म लिना आउँदै छु रियालाई पनि तल आइज भन "


मैले केही भन्नु अघी नै उसले फोन राखी दियो । उसले मेरो र रिया बिच कुरा गराउने हरेक प्रयास गर्दै थियो ।


म रियाको कोठामा गई, ढोका ढक ढकाउन थाले । उसले ढोका खोली , मलाई देखेर केही बोलिन , "च्याङ्ग्रा आउँदै छ, तल आइ बस भन्या छ " मैले भने । उु केही नबोली कोठा बाट बहिर निस्की । हामी होटेल बाट निस्की च्याङ्ग्राको प्रतिक्षा गर्न थालयौ । च्याङ्ग्रा लाई कुर्दै गर्दा मैले चुरोट सल्काउन थाले , केही सर्को मात्रै लगाको थिए आँखा , रियाको आँखामा जुध्न पुगे । उसको आँखाको प्रश्न मैले बुझे, केही नबोली चुरोटको ठुटो भुईमा फेकी किल्चिए ।  


च्याङ्ग्रा पनि आयो , हामी उसको घर तर्फ लाग्यौ । उसको घरमा उसका केही अरु साथीहरु पनि थिए, सबै सँग परिचय भयो साइ नेपाली नै रहेछन । हामी पनि भिडमै मिसियो , कोही मासु पोल्दै थिए , कोही दारु पिउदै , कोही गफ मार्दै थिए भने कोही गितार लिदै भावुक हुँदै गाउदै थिए ।


म र च्याङ्ग्रा रक्सी पिउन बस्यौ, रिया चाँही केटीहरुको माझमा मिसिन खोज्दै थि । अलीक समय पछी सिभासले आफ्नो जादु चलायो, खुट्टा अली अली लड्बडायो । यही सुरमा च्याङ्ग्राले "पुरानी जिन्स " जावोश न त भन्यो । सबै जना चिचाई चिचाई गाउँ थाल्यौ । सिभासको बोटल रित्त्दै गए झै रात पनि घट्दै थियो , च्याङ्ग्रा का प्राय साथी हरु बिदा मागी आफ्नो बाटो लागि सक्या थिए  भने कोही बिदा माग्दै थिए । बाँकी अब हामी ३ जना मात्रै थियौ ।


"अब हामी पनि लाग्नु पर्छ " रियाले भनी


"बस एक छिन , यती बर्ष पछी भेत्या छस के को हतार ? भोली यसै ४ बजे मात्रै सुरु हुन्छ "


खासै कुरा केही भई रहेको थिएन , च्याङ्ग्रा र म दारु र चुरोट उदाउदै थियौ रिया चाँही हामी जड्यालाई हेर्दै थि । अगाडि गाडीको आवाज सुनियो , को भनी हेर्दा केरेन रहेछ । उु आइ हामी सामु बसी । रिया र केरेन एक अर्का सँग बसे, च्याङ्ग्रा र म नजिकै, हामी लाई जाड र चुरोट तान्न सजिलो हुने गरी । 


(प्राय जसो कुरा अङ्रेजीमा भनेको हुनाले अङ्रेजी मै लेख्छु )


केरेन - "The Party is over ? I was bored at my parents house, thought come and hangout with the young guns. Anyway I guess there is a reunion going on, I better leave you guys alone "


म, मात्या सुरमा  - "Hey....., No, its ok, you are also a part of a group now, make your self comfi"


"so karen, what did you see in च्याङ्ग्रा ?" रियाले प्रश्न गरी


"The way he looks at me, whenever I am with him I know everything will be ok . The way he makes me feel, the way he says I Love You for no reason, and the way he comforts me when I am mad even though its my fault"


च्याङ्ग्रा दंग थियो , केरेनले च्याङ्ग्राको ओठ मा आफ्नो ओठको स्पर्श दिई ।


केरेन - " so बैरे, How has life changed for you after you guys seperated ? Are you happy with your life ? "


केरेन र रियाको पनि कुरा हुदो रहेछ, ग्रुप बाट अन्जान उु केवल म सँग थि ।


म - " Well things have changed a lot, I mean, I have a nice life, good work, make good salary. I guess I have fulfilled the American Dream that I was looking for. However when I think of what I have done and how have I come to this place and time, I know I have made a lot of mistakes, I have broken many relations. I wanna repent, but don't know if I will ever get that chance"


केरेन, रियालाई चिमाट्दै नेपालीमा  - " मनले माफि मागे त ढुङ्गा पनि पग्लिन्छ रे "


म उसको जवाफ देखी अचम्म परे, तर च्याङ्ग्राले सधैं केरेन लाई फकाउदा त्यही भनी फकाउने रहेछ । रिया पनि मुस्कुराउन खोज्दै थि तर ओठ टोकी बसिरहेकी थि ।


केरेन - "So baire, how's your love life, found the love of your life yet "


मेरो जवाफ एकदम सोचेर दिनु पर्ने भएको थियो - "Its very complicated " मैले जवाफ दिए । यो प्रश्न जती अघी बढे म त्यती भुमरीमा फस्ने निस्चित थियो । त्यसैले यो प्रश्न लाई मोध्न मैले - "what are your plans for the honemoon " भनी केरेन लाई सोधे ।


केरेन - "you guys are staying over after the wedding aren't you ? "


म - "Atleast, I am "


केरेन - "I know Riyaa is staying too, we have a surprise for you "


के सप्राइज हो बुझ्या चाँही थिएन , च्याङ्ग्रालाई हेरे, उसले पनि केही संकेत दिएन ।


म - "Any Hints ?"


केरेन - "Well, its not a honeymoon to be exact, I wanted to be with you guys. Lets say, a Ghost from the past will re-visit"


रित्तिन आटेको सिभास र रात दुबैलाई निहाल्दै रियाले - "Its getting late, I think we should leave now"


केरेन - "You guys can stay here, My folks aren't going to come until tomorrow afternoon. Why do you want to drive, after all no one is in a condition to drive" च्याङ्ग्रालाई हेर्दै ।


च्याङ्ग्रा, केरेनलाई ब्यङ्ग हान्दै - "come on now, its been a long time, that I have been this drunk. I am drinking so that I can't realize my cold feet for tomorrow "


हामी हाँस्दै घर भित्र पस्यौ । केरेनले रिया लाई आफ्नो कोठा देखाईन् , च्याङ्ग्राले मेरो । सिधिदै गरेको रात र आउने दिनको प्रतिक्षा गर्न हामी सब सुस्ताउन लाग्यौ ।


नयाँ दिनको स्वागत गर्न चराहरु पनि गाउदै उडिको सुनियो , आँखा खोल्दा बिहानको ११ बजी सक्या रहेछ । कोठा बाट भान्सा जादा सब जना त्यही बसी खाना खाँदै रहेछन् । केरेनलाई देखिएन , उु बिहानइ उठी आफ्नो बाबु आमाको घरमा गई शाक्य रहेछ । विबाह अघी लोग्नेले श्वासनी हेर्नु हुन्न रे भन्ने चलन रहेछ खैरे हरुको ।


च्याङ्ग्रा - "के खान्छस ? "


म - "दातै नमोली त के खानु ? बरु होटेल छोड्दे नुहाइ त्यही नै केही खाउला "


च्याङ्ग्रा - " यही बाट प्याक गरेर लैजा, किन बाहिर खानु पर्यो, फेरी हामी त २:३०-३ बजे त्यहा पुगी सक्नु पर्छ । "


"हुन्छ "


च्याङ्ग्राले हामीलाई होटेल छोड्यो, ल त तयार भएर बस म २ अजे तलाई लिना आउछु ।


होटेल पुगेर नुहाइ, धुहाइ र तयार हुँदा नै १:३० भयो ।


कोठामा च्याङ्ग्राको प्रतिक्षा गर्दै थिए । ढोका खटखटाएको आवाज सुनियो , च्याङ्ग्रा आयो भनी ढोका खोले , मेरो सामु रिया उभिएको देखे ।


म ढोका छेउमा बसे उु केही नबोली भित्र आयो । आफ्नो आँखा कोठा वरी परी नाच्ना थाले, कतै आफ्नो गोप्य बस्त्र हरु त कोठामा छरिएको त छैन भनी ? छरपस्ट भएपो देख्थी ।


म आफ्नो टक्सीडो मिलाउदै थिए, जिन्दगीमा सुट लाउन त धाउ धाउ हुन्थ्यो यो टक्सीडोको नाटक के मिल्थ्यो ? त्यो भन्दा पनि महा नाटक बो टाईको थियो । च्याङ्ग्रा आउछ र मिलाउला भनी कुरी रहेको थिए म । म ऐना हेरी सकी नसकी लुगा मिलाउन खोज्दै थिए । ऐना को प्रतिबिम्भमा रिया म तर्फ बढेको देखे । मुटु घोड दौड मा दौडिने घोडा भन्दा तेज धद्कदै थियो, उु मेरो छेउ मा आइ "एता फर्क " भनी


म ज्ञानी मान्छे झै उसको सामु फर्के । उसले मेरो बो टाई र टक्सीडो मिलाई दियो । हाम्रो बिच अझै गफ भने केही भएको थिएन , केही भनु झै लाग्या थियो तर ढोकामा फेरी आवाज आयो , को भनी खोलेर हेर्दा च्याङ्ग्रा रहेछ ।


"ओहो, सरी , दिस्टर्ब भयो होला म एकै छिन पछी आउ ?"


रिया म बाट हटी च्याङ्ग्रा तर्फ लागि ," एता हेर् " उसले च्याङ्ग्राको पनि टाइ र टक्सीडो मिलाई र जानु अघी त्यस्को ढाडमा आफ्नो हातको छाप लगाएर गई । च्याङ्ग्रा सँग बुझ्दा उसले रियालाई उसको टाइ र टक्सीडो मिलाई दिनु पर्छ भन्या रहेछ, त्यसैले मेरो पनि हालत त्यही होला भनेर सोची रिया मेरो कोठामा आएकी थि ।   


हामी तयार भएर बाहिर निस्क्यौ , रिया अझै सजेकी थीन । "त जाने होइन अहिले ?" च्याङ्ग्राले प्रश्न गर्‍यो ?


"होइन, म तिमीहरु लाई त्यहा छोडि, तेरो गाडी लीई आउछु, अनी म ३:३० बजे तिर त्यहा आइ पुग्छु , अहिले देखी तयार भएर के गर्ने ।"


रियाले गाडी चलाऊन सिकेको मलाई थाहा थिएन, विश्वाश पनि लागेन , हाम्रो साथ छुटेको ४ बर्ष भयो मलाई थाहा नभएको कुरा त अझै कत्ती होला मन मनै सोचे । हामी विबाह हुने ठाउँ तिर लाग्यौ । हामीलाई त्यहा छोडि रिया फेरी होटेल तिर लागि । हामी सँग अझै २ घण्टा समय बाकी थियो । च्याङ्ग्राको साथी हरु पनि त्यहा उपस्थित थिए । केटा हरु बिच बसी एक्कै छिन गफ सँगै चुरोटको धुवा र समयलाई उडाईयो ।


विबाह सुरु हुन अब ३० मिनट मात्रै बाँकी थियो । वेद्दिङ प्लानरले सबै अथिती हरुलाई सिटमा बस्ने आग्रह गरे। सिट पनि कस्तो मिलाएर राख्या , पूजारीको देब्रेमा केटी भने दाइनेमा केटा उभिएको हुने रहेछ र सोही गरी केटाको परिवार दाइने र केटीको देब्रेमा हुने रहेछ । दुबिधा हटाउन  हरेकको नाम (आफ्नो परिवार सदस्य) कुर्सीमा टासेको रहेछ ।


केरेनको परिवार सब आ-आफ्नो सिटमा गई बसेका थिए । च्याङ्ग्राको तर्फ बाट चाँही परिवारको नाममा रिया मात्रै थि, तर उु पनि अहिले त्यहाँ उपस्थित थिएन । च्याङ्ग्राले म सँग मेरो फोन मागी रियालाई फोन गर्‍यो , रिया पुग्नै आटेको रहेछ, गाडी पार्क गर्दै रहेछ । च्याङ्ग्राले मलाई फोन फिर्ता दियो । म सँग रियाको नम्बर थिएन मैले त्यो नम्बर लाई आफ्नो फोनमा शेभ गरे । नम्बर देख्या देख्या झै लाग्यो , कहाँ देख्या भनेर सोच्दै थिए च्याङ्ग्राले कुइनोले मलाई घोच्चायो । किन घोच्चाको रहेछ भनी हेर्दा च्याङ्ग्राको नजर हल भित्र छिर्ने ढोकामा थियो ।


आफ्नो नजर पनि हल भित्र पर्दा, आँखाले झिम्किन पनि छोडे, मुटुले धन्ड्किन पनि, मानौ कि सारा जगत नै अडिएको थियो र सम्पूर्ण जगत को दृष्‍टि नै त्यही हल भित्र छिर्ने ढोकामा परेको थियो ................

Read Full Discussion Thread for this article