Posted by: बैरे June 4, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

"भोली नै थाहा पाइ हाल्छस नि " हाँस्दै च्याङ्ग्रा घर फर्क्यो । 


मैले रिया आको देख्या थीइन, पक्कै च्याङ्ग्राले रियाको कुरा गर्या होला भनेर संका गरे ।  दिउसो कामको, साझ प्लेनको र दारुको थकानले एकै चोटि जिउलाई छोयो, निन्द्राले तुरुन्तै समायो । बिहानै च्याङ्ग्राले फोन गर्‍यो, "रिहर्सलमा जाने बेला भयो, उठ अब" भन्दै फोन राख्यो ।  म  नुहाइ तयार भएर बसे ।


च्याङ्ग्रा सँग केरेन पनि रहेछ, केरेन लाई अभिवादन गरे ।  हामी रिहर्सल हल तिर लाग्यौ । केरेन मुसु मुसु हाँस्दै - "सो, आर यू एक्साईटेड ? " भनी सोधी । प्रश्न च्याङ्ग्राको तर्फ होइन मेरो तर्फ मोडेको रहेछ । एकछिन त जिल परे, तिनिहरुको बिहे म किन एक्साईटेड ?च्याङ्ग्रा लाई गाडीको ऐना बाट हेरे ,  उु पनि मुस्काइ रहेको रहेछ, त्यस्को मुस्कानले सब कुरा प्रस्ट पार्यो , च्याङ्ग्राले केरेन लाई मेरो र रियाको बारेमा ज्ञान गराइ सक्या रहेछ । मैले केरेनको प्रश्नलाई "स्योर " भनी जवाफ दिए । केरेन अझै मुस्कुराइ रहेकी थि ।


रिहर्सल हल पनि पुगियो, खासै धेरै केही गर्नु नपर्ने रहेछ, केटा पक्षको ग्रूम्स मेन ले केटी तर्फको ब्राईड्स मेटलाई हाते अंकमाल गर्दै मण्डप (अल्टर) सम्म लानु पर्ने रहेछ, अनी खैरे पूजारीले आफ्नो काम सुरु गर्ने रहेछ , फेरी अन्तमा उसै गरी ब्राईड्स मेटलाई फिर्ता लानु पर्ने रे । त्यती जाबो पनि त्यहाँ को वेद्दिङ प्लानरले ३ चोटि  रिह्रस गरायो । म लगायत अरु ३ जना ग्रूम्स मेन थिए , केरेनको बच्चा देखी को ४ जना मिल्ने साथी रहेछ ४ जना केरेनको ब्राईड्स मेट रहेछन त्यसैले ग्रूम्स मेन पनि ४ जना चाहिने रहेछ ।


त्यहाँ काम सकाएर च्याङ्ग्रा र म सुट लिन भनी गयौ । केरेन आफ्नो परिवार सँग फिर्ता आउने भएको थि, हामी फेरी सुट लिएर एअरपोर्ट पनि जानु थियो ।


मैले आफ्नो नाप च्याङ्ग्रालाई पहिले दिएको थिए , सुट पनि त्यही नाप बमोजिम तयार भएको थियो नअट्ने त कुरै थिएन, त्यहाँ बाट हामी एअरपोर्ट तिर लाग्यौ । केही छिन को लागि म चुप थिए, च्याङ्ग्रा पनि । मलाई च्याङ्ग्रा र रिया बिच कुरा हुन्थ्यो कि हुँदैन थियो थाहा पाउनु थियो । हाम्रो सम्बन्ध के म एक्लै ले टोडेको हो कि सबै ले ? मलाई यो प्रश्नले कोट्दै रहेको थियो ।


"तिमिहरुको कुरा भई रहन्छ ?" मैले प्रश्न गरे


" अँ, समय समयमा हुन्छ " च्याङ्ग्राले जवाफ दियो । मेरो मुखमा आफ्नो गल्ती को पस्चताप देखेर होला - "हेर बैरे, केटा र केटी बिच अन्तर हुन्छ । हामी आफ्नो स्वाभिमान पचाउन सक्दैनौ, तर केटी हरु ले सजिलै माफ गर्न सक्छ, कुरा यती मात्रै हो कि मन ले माफि माग्न सक्नु पर्छ " उसले भन्यो ।


च्याङ्ग्राको यस भनाइ मा मेरो लागि लुकेको सन्देश मैले पाएको थिए ।


च्याङ्ग्रा - " तेरो सामु आफ्नो गल्तीको प्रयाक्षित गर्ने मौका फेरी आको छ, अब यसलाई तैले कसरी उपयोग गर्छस त्यो तैले नै पत्तो लगाउनु पर्छ "


हाम्रो कुरा सँगै एअरपोर्ट को दुरी पनि घट्दै थियो । लक्ष्य जती नजिक नजिक हुँदै थियो, मन र मुटु त्यती नै उत्सुक हुँदै थियो । हामी एअरपोर्ट पुग्यौ । म गाडी रोक्ना साथ बाहिर निस्की चुरोट तान्न बसे । मलाई यो हालतमा देखी च्याङ्ग्राले - " के भो ? सब ठीक हुन्छ, किन आती रहा " भन्यो


"मैले यती बर्ष पछी उसलाई भेट्दै छु, मैले जे गरे त्यो ठीक गरिन । म उसको सामु पर्न सक्दिन होला " म अझै लामो सर्को लगाउदै थिए ।


"टेक इट ईजी, कुरालाई जती सजिलो पर्‍यो उती नै सरल हुन्छ " भन्दै च्याङ्ग्राले भित्र हिड भन्यो ।


हामी उु आउने गेट छेउमा गई बस्यौ । प्लेन आगमन भई सक्या रहेछ, मान्छेको भिड गेटबाट निस्किदै गरेको देखियो । गुफा भित्र सुर्यको किरण प्रस्ट देखे झै, त्यो भिड बाट एउटा चिनेको अनुहार आँखा सामु प्रस्ट हुँदै आयो । मलाई देखेर समय सँगै उु पनि रोकियो । मुटु र आन्द्रा बटारिएर निस्केला झै भएको थियो । उु हामी सामु आइ, उसको हरेक कदम सँगै, बिर्सेंको सुगन्ध पनि आएर आफ्नो इन्द्रियलाई चुम्यो - " केल्विन  क्लेन को ईटरानीटी", उसलाई सबै भन्दा धेरै मन पर्ने ईत्तर थियो, उसले अझै त्यो ईत्तर चलाऊने रहेछ । हामी सामु आइ, च्याङ्ग्रालाई अंकमाल गरी , मलाई हेरेर ८ बर्ष अघीको त्यो "हाइ" लाई फेरी आफ्नो ढुकुटी बाट निकाली, म सँग साटी ।  


हामी गाडी तर्फ लाग्यौ । म र च्याङ्ग्रा अगाडि बस्यौ, उु चाँही पछाडि । हामी बिचको सुन्यता लाई टुङ्गाउने र रिया र मेरो फेरी मिलाप गर्ने बिचार ले च्याङ्ग्राले रिया सँग कुरा गरेर मलाई उसको बारेमा जानकारी गराउने निधो गर्‍यो


च्याङ्ग्रा - " तेरो काम कस्तो चली रहेछ ?" च्याङ्ग्रा र रिया एक अर्का लाई त भनी सम्बोधन गर्थे ।


रिया - " चली नै रहेछ, खासै केही प्रगती छैन "


च्याङ्ग्रा - " अनी त नयाँ ठाउँ सर्ने भन्या के भयो ? सरीस त ? "


रिया - "छैन अब १-२ महिनामा सर्छु होला "


च्याङ्ग्रा - " अनी त एक्लै किन आको ?" .......................................


 

Read Full Discussion Thread for this article