Posted by: Manoj70 June 4, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

नेपाल आमाको मलिन अनुहार हेर्दा बेदनाको झतारो घुम्छ यो मष्तिस्कमा !


घडिको सुई फनको मारे झै समयले टिक टिक गर्दै फड्को मारी सक्यो !!


 


नेपाल उँधो गतितिर लम्की रह्यो शिशु गणतन्त्रले कुनै आशाको ज्योति छरेन !


संघीय लोकतन्त्रको आगमन हुंदा पनि देशले काँचुली फेर्ने कुरै भएन !!


 


देशका उच्च भनौदा निच नेताहरु गति छाडा भएपछि के लाग्दो रहेछ र यहाँ !


शक्ति लुछालुछको भाग बण्डामा जो कोही पनि फस्दो रहेछन हाम्रो नेपालमा !!


 


नेपाल आमाले अझ कती शाहिद्को रगत पिउनु पर्ने हो खोई कुन्नी !


हजारौं हजार वीर सपुतहरु बलि चढाएर पनि धूर्तहरूलाई अझै पुगेन हाम्रो नेपालमा !!


 


नेपाल आमाको आशुँको मूल्य एक दिन अवश्य धुर्तहरुले चुकाउनु पर्ने छ !


सावधान देश भक्तको नाममा नेपाल आमालाई राताराता बेच्न पछी नपर्ने भलादमिहरु !!


 


 

Read Full Discussion Thread for this article