Posted by: बैरे June 2, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
समय सँगै पुराना यादहरु नभरिए पनि काम र तरक्कीले समय ओगेट्न थाल्यो, अब त झन ति पल हरु आफ्नो एकान्तमा केलाउने सहारा मात्रै हुन पुगेका थियो । जाड तान्या बेला र एक्लो हुँदा दुबै को याद आउथ्यो तर आफ्नो घाऊ आफु सगै साची राख्थे .............

 

फोन फेरी बज्यो, फेरी नचिनेको नम्बर आयो , च्याङ्ग्राको नम्बर त मैले आफ्नो फोनमा राखी सकेको थिए तर एरिया कोड त अर्कै छ ।

 

 "हलो" भन्दै उठाए तर आवाज आएन । अमेरिकामा चाहिने भन्दा नचाहिने कल धेरै आउछ त्यही भनी फोन राखी आफ्नो काम तिर लागियो ।

 

यसरी नै केही दिन पछी जाने दिन पनि आयो, च्याङ्ग्राले जाने दिन भन्दा १ दिन अघी बेलुका टिकेट ईमेलमा पठाइ दियो । उसको ईमेल त्यही पुरानो नै थियो, मेरो पनि र मन मनै सोछे रियाको पनि त्यही त होला भनेर । टिकेट एक तर्फी मात्रै पठाएको थियो उसले, एक छिन त अच्चम्म परे फेरी सोचे कुन दिन फर्किने निधो नभएकोले होला । टिकेट प्रिन्ट गरी भोलीको तयारीमा थिए म ।

 

शुक्रबार काम बाट चाडै निस्की आफ्नो पोका पुन्टुरो बाधि, बिमान्स्थल तिर लागे, डेढ घण्टाको मात्रै उडान थियो उड्ने बित्तिकै पुगी हाले । एअरपोर्टमा च्याङ्ग्रा लिना आको थियो , उस्लाई देखेर मन नै हर्शित भयो यस्तो लाग्यो कि छुटेको परिवारको सदस्य भेट्या झै भयो ।

 

च्याङ्ग्रा पहिलेको भन्दा अली मोटाको रहेछ, नमोटाउस पनि कसरी ? पहिलेको जस्तै उभी उभी काम गर्नु पर्दैन थियो अफिसको क्युबमा उपर खुट्टी लगाइ काम गर्थ्यो । मासु मन पर्नेले स्टेक र रिब्स हुल्या होला, खैरेनी सँगै बस्या होला नेपाली खान के खान पाउथ्यो जंक खाको खाइ होला अनी जीउ किन नलागोस ।

 

एक अर्का लाई भेटे पछी खैरे तरिकाले हात मिलाईयो ( बुढी औला जुधाइ एक अर्काको काध आफ्नो काधमा जुधाएर ) । " के छ राजा " दुबै को प्रश्न एउटै थियो । त्यहाँ बाट हामी म बस्ने होटेल तिर गयौ , बाटोमा उही पहिले पहिलेका कुराहरु र के छ के हुँदै छ भन्दै बित्यो ।  च्याङ्ग्राको घर र होटेल बिच धेरै दुरी थिएन, मलाई होटेलमा छोडेर "ल फ्रेश भएर बस, म तलाई लिन एक, डेढ घण्टामा आउछु, बेलुकाको डिनर को तयारी गर्नु छ " । "हुन्छ भन्दै म आफ्नो कोठा तिर लागे ।

 

नुहाइ धुवाई, म तयार भएर बसे , सेप्टेम्बर महिना घाम पनि ढिलाई अस्ताउथ्यो बेलुकाको ८ बजे नि मध्यानन दिन जस्तै थियो । च्याङ्ग्रा आयो, हामी उसको घर तिर लाग्यौ । केटोले घर पनि सहि किन्या रहेछ, बस्ने चाँही दुई जना बाहेक अरु कोही थिएन , तर अहिले उसको हुनेवालाको आफन्त हरु बेलुकी आउने रहेछ ।

 

उसको घर भित्र जादा, ढोकैमा केरेनले अभिवादन गरिन । नेपालीमा " स्वागतम " भनी च्याङ्ग्राले सिकाको रहेछ अनी " यू ह्याव पुट ओन सम, वेट" भनी । म अच्चम्म परे , मलाई त देख्या थिईन कसरी मेरो वजन वाढ्या कुरा थाहा पाइ ? भन्दै सोची रहेको थिए च्याङ्ग्राको बैठकमा नेपाल देखी भेगस सम्मको हाम्रो केही फोटोहरु फ्रेममा राख्या देखियो । आफ्ना अतितका ति बहुमुल्य तस्बिर देख्दा जवानी फेरी याद आयो ।

 

केरेन "आइ गोट टु पिक माइ फेमिली, बे कोम्फी " भन्दै हिडि 

 

च्याङ्ग्रा - "के हो पुराना दिन याद आए कि क्या हो ?"

 

" यो पो दिन हरु त " मैले भने

 

च्याङ्ग्रा - "त्यही त अब त बुढा हुने उमेरले छुन आट्यो, ल हिड हिड बहिर जाम , बि बि क्यु गर्या छु , आज केरेनको परिवार सँग फोर्मल डिनर मात्रै हो............. मेन डिनर त भोली हुन्छ ।"

 

हामी बाहिर लाग्यौ, पछाडि चौर पनि ठुलै थियो

 

"तलाई के उही पहिले को झै सिभास नै हो ? ओन द रोक्स ?"

 

"हुन्छ ...... तैले त निकै प्रगती गरिश" मैले भने

 

"के हुनु यार, प्रगती भन्या यस्तै हो "

 

"अनी तेरो पहिलेको खै त "

 

" उहिलेको कुरा खुइले, छोड यो कुराहरु "

 

बाहिर बसी दारु पानी खाँदै थियौ, केरेन आफ्नो आफन्तलाई एअरपोर्टबाट लिएर आइपुगी ।  हामी पनि भित्र लाग्यौ , उस्का परिवार सँग चिना पर्ची भयो । एकै छिन बैठक मै बस्यौ, केही समय पछी खाने समय पनि भयो । खान खाएर हामी फेरी कुराहरु गर्न बस्यौ , खैरे हरु सँग गर्नु पर्ने कुरा दिप्लोम्याटिक कुरा मात्रै भयो ।

 

च्याङ्ग्रा मलाई छोड्न होटेल आयो, बाटोमा मैले उसको परिवार किन न आको कुरा सोधे । आमा खुशी भए नि बाउले मान्या रहेन छ त्यह भएर न आको कुरा जनायो । केटोको बिरोध बुढाले जमना देखी नै गर्या रहेछ, उु चाँही यहाँ घर जम गरी बसी सके छ ।

 

"मानी हाल्छ नि बुढा, अब एउटा नाती दे बुढा पग्ली हाल्छ नि "

 

"त्यही सोच्या छु मैले नि " च्याङ्ग्राले हाँस्दै भन्यो ।

 

आफ्नो कोठामा छिर्नु अघी एक एक सर्को उही पहिलेको झै उडाईयो । 

 

" भोली रेहर्सल छ १० बजे, १-२ घण्टामा सकिन्छ होला, त्यस पछी तेरो सुटको पनि फिटिङ गर्नु छ । केरेन भोली आफ्नो बाउ आमाको मा जान्छे । डिनर मेरो मै हुन्छ तर त्यो भन्दा अघी एअरपोर्टमा कसैलाई लिना जानु छ " च्याङ्ग्राले भन्यो

 

" कस्लाई "

 

"भोली नै थाहा पाइ हाल्छस नि " हाँस्दै च्याङ्ग्रा घर फर्क्यो ।     
Read Full Discussion Thread for this article