Posted by: Regal June 2, 2009
हाईस्कूल पुनर्मिलन {..........}
Login in to Rate this Post:     0       ?        
continued ............

" ओई थरे ! सुन न । बर्बाद भो यार । टावर घुम्न आएको मोटरसाइकलको तेल नै सकियो यार । तैले जसरी भए नि राइड मिलाइदिनु पर्‍यो यार । " भन्ने कुरा त्यही थियो आफ्नो ।
" अँ-अँ छिन् उनी पनि । कती छिट्टो चाल् पाएर मोर्छस के थरे । झन त्यही भएर त गार्हो भो नि । ........ ल है त ..... जत्ती सक्दो छिट्टो अाईज ..... ल राखेँ मैले ।"

केटो ज्ञानी छ संकरे , स्कूलमा कुरा मिलाएर आँफै आउने भयो गाडी लिएर । अब भने मन धुक्क भो । बल्ल लोकल कुखुराको मासु मङग बसायो भन्सातिर बाट ।
"ल चिन्ता मान्नु पर्दैन । थरे आउने भयो स्कूलको जीप लिएर " मैले लोटामा राख्या पानीले हात धुँदै भने । प्रसादको पनि मुख उज्यालो भयो ।

खाना उत्पात मिठो बना रैछन् बुढाले, फापरको ढिँडोमा लोकल भाले, पोल्या गोल्भेडाको ट्वाक्क पर्या अचारमा हल्का टिम्मुर हालेको त्यही माथि साइड्मा दही के चहियो र अरु । कुना काप्चा घोच्ने गरी बजाउनु बजाएँ ।
खाना खाइ सक्दा समेत् थरे मुन्टेन । स्वादिस्ट भोजन ग्रहण गर्न पाइेकाले रिस भने उठेको थिएन उस्को ढिलाईमा , त्रिप्त-सन्तुष्ट भा बेलामा संसारै उजेलो त देखिने नै भो ।

"बाबु ट भान्सा सकेर बाहिर पो बस्नु भा रैच् के रे । ओ बाबु , मेरो ट ब्यान उठिसक्या बहोत टेमबाद पनि यो ढाड करक्क खान्च । के गर्न पर्नी होला के रे ?" बुढा मेरै साइड्मा अैसक्या रैछन् । डाक्टर्निको साथी डाक्टर नै होला भन्ने सोचेछन । तिम्रा डाडाल्नो सोज्जिने गरी लात दिनु पर्छ भन्दिन्थे अरु भाईद्या भए , अन्नदातालाई त तेसो भन्न मिलेन । त्यत्रो भाले नै खुवाइ सके पछी एउटा इलाज भा नि
लिम भन्या होलान बुढाले ।
" खोइ दाई! आफु डाक्टर पारीन , डाइबर मात्रै हो " कुरो छोटै भने मैले ।
" ए टेसो पो । उसो भा बाबु सँग सिग्रेट भा खाम के रे । खाना खानकोबाद म बुढाको टल्-टल नि " डाइबर भन्द्या कुरा स्वाट्टै सिग्रेटमा झारे बुढाले ।
" म चुरोट खान्न दाई । बरु आज गाउँ आएर ढेँडो खा बेलामा मलाई नि तल्-तल पो लाग्यो । तपाईंको सुल्पा भर्नुस न ।" आज डाक्टर्नी सँग को पहिलो डेटिङ भएकाले चुरोट नबोकी आएको थिएँ तर तेत्रो खाना खाएपछी त एक सर्को तानै पर्ने स्तिथी भाको थियो । मौका मिल्या बेला बुढा लाई भनी हालुम न भन्ने भो । मैले भन्ने पलो र उस्को बाहिर आउने पालो एउटै पर्‍यो । उ केही बोलिन , आँखा तरेर फेरी भित्र पसी ।
बुढाकी नातिनी पसलमा आकी थियी उसै सँग बोल्न लागि ।

" बाबु नि खानि भा ट ऐल्या-ऐल्यै भर्चु के रे चिलिम , म ट मै बुढो एक्लो भनेर पो टण्टा मानेको " बुढा अगेनातिर लागे ।

"एकछिन बुढाको सुल्पाबाट चिलिम फर्काईयो । बुढाको भलाकुसारिमा हो म हो थपेँ । एक डेढ घण्टा बित्दा थरे गाडी लिएर झुल्कियो । उस्ले नि फ्रीको एक गिलास चिया रित्यायो । मैले स्कूलमा अवाश गृह खोल्ने भए अर्को बर्ष बुढाकी नातिनिलाई राखिदे भनेर नालि-बेली सुनाएँ । उ म भन्दा सामाजिक मान्छे , सहर्श स्विकार गर्‍यो । पूर्ण छात्राब्रिती दिने समेत् बच्चा गर्‍यो । सरुले बुढालाई
सबैकुरा बुझाई र आफु पनि लगातार भेट्न गैरहने हुँदा ढुक्क भएर अर्को साल नातिनी स्कूलमै राखिदिये हुन्छ भनेर सम्झाइ । बुढाले शंकरेको जय्-जयकार गरे । रुम्ला-रुम्ला झै गरे बिचरा ।

बुढासँग बिदाबारी बहेर फर्किन हामी तयार भयौँ । मोटरसाइकल भनौँदो ठाँडो पनि शंकरेकै जीपमा हुत्याइम गर्ल्याम्-गुर्लुम्म । हुन त थरेले extra तेल पनि लिएर आएको रहेछ तर एत्रो बाटो मै भनेर आएपछी उसङै बस्न मलाई बेश लाग्यो । बसिम तिनैजना , संकरे डाइबर भो म र प्रसाद हाकिम ।
" ल जाम त गो-रु-जी " मैले थरेलाई जिस्काएँ ।
" हवस मालिक । जाम त जाम । कान्छाले कान्छीलाई लाग्यो ,बन्को बाटो लाल्टिनै बालेर ........ । है साले ! कसैलाई थाहै नदीइ Dating । मोज छ है ?" थरेले उल्टी मलाई जिस्कायो ।

गाडी चढे देखिनै हाम्रा हँसी-मजाक सुरु भए । हामी तिन्जानाले स्कूले जिबनमा पनि धेरै समय साथ बिताएका थियौँ । किस्सा हाल्ने खुराक तिनै सम्झनाहरु बने एुटाले सुरु गर्ने, अर्कोले थप्ने र अर्कोको बर्तमान सँग दाँज्ने । हाँस्नु हाँसियो ।

" ओई थरे ! गीत बजा न यात्रा हल्का musical होस् " कठै मैले कुन साइतमा यि वाक्य मुखबाट निकालेछु । गीत उही बेपत्ता छेड हान्नेवाला मात्र लगाएर मोर्यो । गाडी त चलएकै थियो , बिच्-बिचमा लामै डाको छाडेर chorus दिन समेत् भ्यायो ।
... आँखे तेरी कित्नी हसीँ , के यिन्का आसिक -मै बन गया हुँँ , मुझ्को बसाले इन्मे तु ......इश्क है...........
"मलाई यो गीत एकदम मन पर्छ " प्रसादले मतिर लेस्सिँदै भनी ।
"मलाई नि खुब मन पर्छन यि आँखा । " म नि के काम । मौका पारेर च्याप उस्को हाथ समाएँ । जिउमा करेन्टले झट्का दिन फेरी सुरु भो । मानब शरीर good-conductor भन्थे, हो रैछ । सधैं राइफल समात्या बानी उस्का फूलजस्ता हात माड्न पाउँदा उस्को भन्दा पहिले आफ्नै हत्केलामा चिल्-चिल पसिना आउन सुरु भैगे । Guns-N-Rosesभन्ने त धेरै चोटि सुन्या हो , भोग्न भने आजै पाइयाथ्यो । पसिना त छुट्ने नै भए ।

उता थरेका गीतले satire हानेका हानेई थिए । पापी आत्माले हाम्रै लागि burn गरेर ल्याजस्ता थे गीत पनि एक से एक । हाम्ले पनि मौका छोपेर तेस्लाई छेड हान्न खोजिम :
"गाडीसे केह्दो जरा तेज मन्जिल है दुर ....." मैले र प्रसादले एकैचोटी गाइम ।
"थोडा सफरका मजा लिजिये, ओेए हुजुर ... " उ किन पछी हट्थ्यो र । Rehearsal गरेर मोर्या रैछ ।

यस्ता छेड्खानी चली रहे । बाटो कटेको थाहै भएन । प्रसादलाई उस्को घर समेत् छोडियो । चौबाटोमा ल्याएर थरेले गाडी रोक्यो ।
"यात्रा रमाइलो गै राछ , lets go night-cruising " भन्छ बा थरे ।
"काँ जाने ? फेरी सरुले भोली मन्दिर जाने पनि भन्थिन" म अंकनाए ।
"त्यो त भोली नि । आज राती त फ्री छस नि । फेरी दिनभरी त सरु सँग घुमी हालिस नि , हाम्लाई टाईम दिन्नस । For old times sake यार । "
"मैले टाइम दिन्न भनेको हो र तर जाने काँ ?
"छ क्याप्टेन काइदाको ठाउँँ । मलाई निम्तो नि आ'छ । एक चोटि गैदिम न त " थरेले फुस्काइ सक्या कुरो बटार्यो ।
"ल त जाम भने जाम " म पानि राजि भएँ ।
"पख !" भन्छ फेरी संकरे ।
"किन तेरा बाजे थरे, आँफै जाने भन्छ अनी आँफै पख भन्छ ।"
" सवारीलाई मात्र तेल हाल्ने , चालकलाई हाल्नु परेन । ह्या म पनि reserve मै चलिराछु । ला समात " एउटा बोतल मलाई दिँदै अर्को आफुलाई निकाल्यो कता बाट हो । आफुलाई पनि बिहान देखी तल्-तल भाईराथ्यो ,ठाडो घाँटी लगाएँ। कस्ले पैला सक्ने खेल्या जस्तो भो । बल्ल-बल्ल सकेसी शंकरेले CD चेन्ज गर्‍यो .
"यस्को पालो पुग्यो अब यो सुन्नी " उस्ले भोलुम बढायो , गाडीको सिट समेत् थर्किन लागे । कुन गीत रैछ तनी थरेको choice भन्दै थिएँ गीत सुरु भयो :
..... अब यो बाटो मेरो हो कि म यो बाटो को , अब यो माटो मेरो हो कि म यो माटो को ....
"शंकर हुँँ शंकर " चिच्च्याउँदै थरेले accelator थिच्यो ।
Read Full Discussion Thread for this article