Posted by: बैरे June 1, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

kHushii
<<kathako ending chai maile ni bujhe bujhe jasto lagyo, baire thapdai jau ta chhito chhito>>
कथा बिचमा त बल्ल पुग्यो कसरी एन्दिङ बुझ्यौ एती चाडो ?


Bhakte
<<यो भाग त बबाल रहेछ, मनै च्यास छुने  । पेलम प्रभु पेलम अझै >>
ओहो भक्ते प्रभु धेरै दिन पछी दर्शन पाइयो , कथा पढ्दै गरेको ज्ञान भएर म क्रितज्ञ भए । प्रभुको पनि कमलो मन जसतो छ, आफुले यात्रो गर्दा पनि मनमा केही भएन क्या अर्नु ?


crazy love
<<बैरेले भेगसमा गर्नु गरेछ, त्यसैले लास्टमा एक्लै भएछ। >>
खै के भनुम अब मेरो पिडा माथि हास्ने अर्को एक थपियो ।


Birkhe Maila
<<सेवामा नम्र निवेदन यो छ कि, प्रभुको कथा पढ्दै जाँदा अत्यन्त आनन्द  आएको र, उक्त आनन्द अझै आऊने परिकल्पनामा झन परमानन्दको अनुभूती भएकोमा यो तुच्छ प्रभुको कथा कुरेर बस्नेकुराको जानकारी गराऊन श्रीमान समक्ष यो निवेदन पेश गरेको छु।>>


बिर्खे बा तपाईको यो कमेन्टलाई खै कसरी जवाफ दिउम ? आफ्नो शब्द कोश यो कथाको कमेन्ट को लागि रिताउनु भएकोमा म आभारी छु ।


NiTiSa
<<बैरे लाई यही भनाइ छ मेरो  "Happiness is not something ready-made. It comes from your own actions.">>
ठीक भन्यौ साथी, आफु त भाग्य पनि निस्केको राम बाण झै ठान्थे, उसले आफ्नो मार्ग जसरी नि लिएर छाड्छ झै लाग्थ्यो अब यो पनि त्यही भाग्यले कोरेको क्षण हो जस्तो लाग्थ्यो , तर शायद आफ्नै कर्मको फल भुगत्दै छु होला ।


AlterEgo
<<Magnum opus ..yo vanda badhi kehi vanna chahanna>>
प्रभु यो नेपाली छाउरो लाई किन गूगल गर्न लगाउने ? हेहेहेहेहे , तपाईको यो कमेन्टले मेरो दर्जा बढाईदिएको मा म धन्य छु


rhea
<<बैरे तिमी लाई एती बर्षमा रियाको याद आएन । तिम्रो मन त ढुङ्गा को रहे छ ।>>


म त नाम हेर्दा एक्छिन झन्डै खर्लङ भाको , रियाको याद नआउने त प्रश्न नै छैन , तर उसका याद हरु मेरो पापको एकान्ते प्रयासचित हो । उसको यादमा भुलेर जिन्दगी नै छोड्न त मिलेन , कथामा भनेको झै कती घाऊ त समयको धुलो र काम यो बोझले पूर्ण आटेको थियो तर एकान्तमा त्यो धुलो पंछाउदा उसका याद हरुले सताउ थियो । मन ढुङ्गाको पनि होइन, पहिले त स्वाभिमान म भन्दा नै ठुलो भयो तर पछी मनमा डर भने टन्नै थियो , के उसले मलाई बिर्सेंए सक्यो ? उसको जीवनमा अरु कोही छ कि ? उस्लाई पनि मेरो याद आउछ होला । यि प्रश्न हरुका जवाफ खोज्ने क्रममा नै समय बित्यो , तर उसलाई भने सोध्ने आट कहिले पलाएन । अब यसमा मेरो होस् वा मेरो मन को दोश त्यो चाँही छुटाउन अझै सक्या छैन ।


serial
<<कथा चाँही दामी छ बैरे
तर यो बैरे मान्छे चाँही लास्टै झुर रहेछ ल -
मन पर्दैन पनि भन्ने अनी उसैसँग के के गर्ने -
मन नपर्ने मान्छे ले केही नगर्नु नि - दु:ख पाउने भयो यो बैरे रे -
अब चाँही च्याङ्रा को बिहे मा रिया अर्को केटा सँग आवोस् लौ जा त - गर्नु पनि अत्ती हुन्छ नि -
त्यस्तो माया गर्ने मान्छे लाई हेरsssss गरेको - >>


बौचा अब मेरो जीवन को लक्ष्य अर्कै थियो पहिला के गर्नु, चामल पिस्दा धान सँगै घुन पनि पिसिन्छ भन्थे आफुले नि त्यही सोचियो, गल्ती भयो अब त्यही गल्तीको सजाय काट्दै छु । च्याङ्ग्राको बिहे को प्रतिक्षामा त म पनि छु , खै के हुने हो सम्झ्यो कि मन ढुक ढुक गर्छ हेहेहे हेर्दाइ जाम के लेख्या छ यो पुर्पुरो मा ।


Nitisa
<<I  have a feeling that Riya is going to show up with kid ( may be his??? ). Lets see if I am wrong or right.Cannot wait to read next chapter>>


लौ न यहाँ दुई नितिसा छन कि क्या हो ? लौ न कहाँ बाट भुरा हरु पलाए, राम राम राम राम बच्चा लिएर आयो भने म त फैन्ट हुन्छु च्याङ्ग्राको बिहे मा मेरो अर्थी उठ्ने छ । लौ यो आइडीया पनि ननकारौ ।


कथा त अझै एक दुई दिन रोक्नै पर्ला जस्तो छ , सब को मन चुक चुक भयो 

Read Full Discussion Thread for this article