Posted by: shirish May 31, 2009
आँधी, बतास, समुद्र गहमा
Login in to Rate this Post:     0       ?        

राकेशजी


 


प्राय: सुषुप्त गजल समुहमा तपाईलाई ल्याउने असफल प्रयास बाबजुद तपाईका गजलहरु शौखले पढ्छु है र आज लागेका केहि कुराहरु हाल्दै छु !


 


आँधी, बतास, समुद्र गहमा यत्तिखेर


बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर


 आंधी बतास समुन्द्रले ल्याउने असरको बयान अलि कमजोर देखियो - बग्नुको सट्टा छाल, ज्वारभाटा ल्याउने वा सो सरहमा भए बढ्ता असर हुन्थ्यो कि ?


यंहा "बग्नु" भनेको साधारण  नै भयो नि हैन   ?


 


जीन्दगीको ओझेलमा कसरी रमाउँ


मिठास छैन गुलियो महमा यत्तिखेर


 


यो शेरका मिसरा ए उला र सानिहरुको सम्बन्ध देखिन मैले  


पहिलो मिसरामा ओझेलमा रमाउन नसक्नु भन्दा बरु जिन्दगीको स्वाद हराएको बर्णन गर्दा बेस हुन्थ्यो कि ? मेरो सोचाई मात्र यस्तो हो है अन्यथा नलिनु होला !


 


थियो जो अब छैन मनको छेवैमा


दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर


एक्लै डुबिरहेछु भन्न खोज्नु भएको होला हैन ?


 


 


फुलि नै रहेँथे म बिझाएँ कसरी


नजानी तिम्रो मुटुको तहमा यत्तिखेर


 


ब्याकरणको हिसाबले भन्दा मैले राखे कस्तो हुन्थ्यो ?


जस्तै :


फूली नै रहेथें, मैले बिझाएं कसरी ?


त्यसो त फूलको धारले रेटेको पनि भोग्नेहरु छन् !


 

Read Full Discussion Thread for this article