Posted by: Nepe May 31, 2009
सुकिला सरहरूलाई एउटा ज्ञापनपत्र
Login in to Rate this Post:     0       ?        

Sumedhu,


Thank you for you kind words to यो तुच्छ टिप्पणीकार ।


अनि शिरीषको टँसाई बारेमा चाही उनले नटाँसिदिएको भए हामीले यो सम्वाद नै पो कहाँ गर्न पाम्थेम र ।


मलाई लाग्छ, शिरीषलाई छोएको एउटा कुरा के हुन सक्छ भने माओवादीका प्रतिद्वन्दी सुकिला सरहरुको भारतिय-राजदूतवासको अकुटनैतिक सक्रियतालाई स्वागत र समर्थन (मौन, अमौन, गुप्त, वा सार्वजनिक) र त्यस्तो सक्रियताबाट दलिय लाभ लिने निर्लज्ज लोभ र काम ।


तर दु:खद कुरा के छ भने क्रान्तिकारी सुकिला सरहरु पनि उही ड्याङका मुला रहेछन् । खासमा भन्नुहुन्छ भने माओवादी सत्तामा त के दैनिक राजनैतिक दृश्यपटलमा देखिने सम्म मात्र गरेर आयो भने पनि नेपाली राजनीतिमा भारतिय राजदूतावासको आंशिक प्रभुसत्ता जो छ त्यो निमिट्यान्न नभए पनि उल्लेख्य मात्रामा घट्नेछ भनेर मैले ठूलो विश्वास लिएको थिएँ । र मैले त्यसै अनुसार झ्याली पिट्दै हिंडेको पनि थिएँ, यही साझामा, अन्य फोरम र अन्त:रंग वार्तालापहरुमा समेत ।


हुन त कृष्णज्वाला देवकोटा टाईपका सुकिला सरहरुले त्यसै भएको विश्वास राखेको बुझ्छु म । तर जहाँसम्म मैले देखेको कुरा छ, भनें नि माओवादी पनि त्यही ड्याङको मुला देखियो । माओवादीले पितिक्क मात्र भने भारतियराजदूतावास पराधिनता घटाउन प्रयास गरेको भए म माओवादीलाई लालसलाम भनिदिनेथिएँ ।


तर देख्छु के भने गुप्ती रुपमा चाही भारतको गुप्ती आशिर्वाद थाप्ने, आशिर्वादको लागि रोईकराई गर्ने, आफ्नो दलिय स्वार्थलाई मद्धत पुग्ने आशिर्वाद पाईयो भने दंग पर्ने, त्यस्तो आशिर्वाद पाईएन भने घुर्की लगाउने, त्यस्तो घुर्कीले पनि कृपा पाईएन भने चाही नाम नकाढी प्रभुको कृपा प्रतिद्वन्दीकहाँ पर्‍यो भन्दै हिंडीदिने हिपोक्रेसी माओवादीले देखायो ।


सरकार बनाउन अघिसम्म प्रचण्ड राजदूतावासमा लुसुक लुसुक राजदूतलाइ दर्शनभेट गर्न गएका होईनन् ?


पछिल्लो खेपमा पनि चार चार पटक प्रभुको दर्शन गर्ने उनै होईनन् ?


प्रचण्डले महामहिम सुदलाई चाचार पटकको भेटमा के के भने होलान् ?


पहिलो भेटमै सल्लाहको लागि धन्यवाद महामहिम, तर यो हाम्रो आन्तरिक मामला हो, हामी आफै सुल्झाउछौं, यसमा तपाईको सक्रियता/हस्तक्षेप अग्राह्य छ । यस विषयमा यो भन्दा बढी छलफल र भेट आवश्यक छैन भनेर भन्नु वा भन्न सक्नु पर्थेन ? त्यसो भनेको भए त कुरो सकिईहाल्यो अरु नयाँ तीन तीन भेटहरु गरिने नै थिएन ।


भेटको संख्याबाट स्पष्ट लख काट्न सकिन्छ, भेट प्रचण्डको कमजोरी वा स्वार्थले भएको हो । र उनले राजदूतमा राखेको सम्भावित बिन्ती यही हो मलाई सहयोग गरिदिनुपर्‍यो महामहिम ।


यस्तो पनि प्रभुसंगको लडाई हुन्छ, जो अहिले उनीहरु प्रचार गरिरहेका छन् ?


तर दु:खद कुरा के भने माओवादीको यो हिपोक्रेसीलाई नेपालको एक हिस्साले देख्‍न सकिरहेको छैन र माओवादीको फटाहा लडाईलाई पत्याईरहेका छन् ।


सत्यनिष्ट लडाई भएको भए त्यो जतिसुकै सानो भएपनि एउटा ठूलै योगदान हुनेथियो, हाम्रो शर्मनाक भारतियराजदूतावासपराधिन राजनीतिबाट अलिकति भएपनि मानसिक राहत पाउन । किन्तु, हाम्रो भाग्यमा रहेनछ त्यो ।


यस्तै छ, के गर्नु ?


Nepe


 


 

Read Full Discussion Thread for this article