Posted by: nepalean May 31, 2009
सुकिला सरहरूलाई एउटा ज्ञापनपत्र
Login in to Rate this Post:     0       ?        
मैलो देवकोटाले भने अनुसार सुकिला सरहरुले आफ्नो घर बाहिर हेर्दैनन या हेर्न चादैनन। त्यसैले नेपाल यस्तो भएको हो। तर उनका सुकीला सरहरुको परिभाषामा काफी अपुरोपन छ अर्थात सबै समेटिएका छैनन र समेटिएका को को हुन स्पष्ट भनिएको छैन। लेख एउटा पार्टीको भजन गाउने साहित्यकारले लेखे जस्तो छ जुन साहित्यको नाममा राजनितीको बिष पिलाउंछ। साथै मैला जनतालाइ सत प्रतिशत कांधमा राखिएको छ। मैलो जनताले पाउने भनेको नागरीक अधीकार हो, नयां देश होइन। अधिकारको नाममा बितण्डता मच्चाउनेलाइ छुट्टै प्रदेश होइन चारकुने कोठरीमा थुन्ने हो।
समग्रमा सुकिलालाइ मैल्याउने या मैलालाइ धुने होइन, एउटै देश एउटै नियम एउटै अधिकार हरेक नागरिकलाइ दिलाउने हो। सुकीला र मैला होइन हामीलाइ हंसिला नेपालीको खांचो छ।
Read Full Discussion Thread for this article