Posted by: Nepe May 30, 2009
सुकिला सरहरूलाई एउटा ज्ञापनपत्र
Login in to Rate this Post:     0       ?        

समस्याहरु दुईवटा छन् ।


पहिलो हो, हामी सबै कान चिरेका जोगी प्रमाणित भईसक्यौं । पूर्वसामन्तवादी र बुर्जुवा तप्का मात्र होईन कृष्णज्वाला देवकोटा, जमरकट्टेल र प्रचण्ड सहितका क्रान्तिकारी तप्का पनि सुकिला कानचिरेका जोगीहरु रहेछन् भन्ने कुरामा कुनै द्विविधा बाँकी रहेको होला जस्तो मलाई लाग्दैन ।


दोश्रो हो, समृद्धि बिनाको समानता भनेको भेट नभरिने प्रतिकात्मक (symbolic) समानता मात्र हो, त्यस्तो समानताको प्रतिकात्मक महत्व बाहेक अन्य रचनात्मक महत्व छैन भन्ने कुरा माओवादीले बुझ्या नबुझ्यै गरेर र माओवादीको वैचारिक वा शक्तिशाली रुपमा लठ्ठ परेका सुकिला सरहरु (कृष्णज्वाला देवकोटा सहितका) ले नबुझ्या नबुझ्यै गरेर यो मुलुकलाई भ्रमको एउटा ठूलो भडखालोमा जाक्दैछन् ।


समृद्धि र समानता भनेको दुवै हातमा ठ्याक्कै एउटै साईजको राख्‍न नसकिने लड्डुहरु हुन् । एउटा न एउटा लड्डुको साईज सानो हुन्छ हुन्छ- आजसम्मको विश्वअर्थतन्त्रको अनुभवको निचोड नै त्यही हो ।


मेरा केही समानतावादी साथीहरु छन् क्या, उनीहरु समानता र समृद्धि दुबैलाई बराबर जोड दिनुपर्छ भन्छन् । म के भन्छु भने, आदर्शको रुपमा जोड दिने कुरा ठीक छ, तर व्यावहारिकता वा अर्थतन्त्रको मार्गचित्र कोर्ने बेलामा त समृद्धिलाई समानता भन्दा एक मिनेट मात्र भए पनि पहिला प्राप्त हुने गरी कोर्नु परेन ?


समृद्धि नआईपुगिसकेको अवस्थामा बाँडिने समानता भनेको त गरिवीको समान वितरण न हो ।


र माओवादीको समाजिक आर्थिक नीतिको थैलो खोतलेर हेर्दा त्यस्तै देखिन्छ । साम्राज्यवाद र दलाल पुँजीवादलाई रोकी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने भनेको विकास होस् कि नहोस् मतलब छैन भनेको हो सारमा भन्नुपर्दा । सबभन्दा आत्मनिर्भर अर्थतन्त्र त उत्तर कोरियाको छ नि । त्यस्तो आत्मनिर्भरताको के काम ?


त्यसैले आर्थिक समृद्धिको मार्ग बन्द गरेर विपन्न र सल्बार्टन तप्कालाई आसाको डोरीमा बाँधेर जथाभावी राजनीतिक उद्देश्यको लागि उपयोग गर्ने जनगणतन्त्रवादी सुकिला सरहरुलाई चाही ज्ञापनपत्र कहिले बुझाउने ?


 


Nepe

Read Full Discussion Thread for this article