Posted by: MR_TRUTH May 29, 2009
"I have a dream....- Dr. B. R. Bhattarai
Login in to Rate this Post:     0       ?        

काठमाडौं, १३ जेठ (दैनिकी)


माओवादीको गठनबन्धन छाडेर काँग्रेस, फोरम लगायतको गठबन्धनको एमाले
नेता माधव नेपालको नेतृत्वमा सरकार बनेपछि नेप्से परिसूचक सात सय अंकभन्दा
माथी पुगेको छ । माओवादी अर्थमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई
जुवाघर भनेपछि ११७५ विन्दुमा पुगेको शेयर बजार ६ सय १९ विन्दुमा झरेको
थियो ।


माओवादीले भदौको पहिलो साता सरकारमा गएको केही दिनसम्म शेयर बजारमा असर
परेको थिएन । त्यसैले भदौ १५ गते शेयर सर्वाधिक उच्च विन्दुमा पुगेको थियो
। सरकारमा गएलगत्तै माओवादीले शेयरबजारप्रति नकरात्मक विचार व्यक्त गर्ने
र असोजमा ल्याएको बजेटमा करको दर बढाएपछि निरन्तर शेयर बजार घट्दै गएको
थियो ।

एमाले काँग्रेस गठनबन्धनले सरकार बनाउने पक्का भएपछि बजारमा कारोबारसंगै
मूल्य पनि बढ्न थालेको छ । माओवादीको सरकार भदौमा बनेदेखि निरन्तर
घटिरहेको शेयर बजार उसको सरकार ढल्ने दिनसम्म पनि जारी थियो ।

सेयरमा पूजिगत लाभ कर बढाउने, आयको स्वंयघोषणा कार्यक्रम ल्याउने, घर
जग्गा खरीदमा आयको स्रोत खोज्ने नीतिले पूजि बजारमा असर गरेकेा थियो ।
नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने पद वहाली गरेलगत्तै सेयर
बजारप्रति पूर्वाग्रह नराख्ने बताएका छन् । उनले कानून परिमार्जन
गर्नेबाहेक अन्य परिवर्तन नगर्ने बताएका छन ।

यो अवधारणा आएपछि मंगलबार नेप्से १३.१ अंकले बृद्धि भएको छ । आइतबार ११ र
सोमबार १३.४४ अंकले नेप्से बढेको थियो । अहिले नेप्से ७ सय १४ अंकमा
पुगेको छ ।






'खानतलासी’मा सैन्य अधिकारी



नेपाली
सेनाका एक लेफि्टनेन्ट कर्णेल आफ्नै मोटरसाइकलमा बाक्लो सुरक्षाले घेरएिको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस् थलको संवेदनशील क्षेत्रतिर जाँदै थिए ।
सेनाको इन्जिनियरङि् विभाग १४ नं बाहिनीको क्वार्टर रहेकोतर्फ गइरहेका
उनलाई सैनिक इलाकामा पुगेपछि एकहूल युवाहरूले रोके । झोला देखाउन लगाए,
जीउ छामछुम पारे । सैनिक इलाकामा कर्णेल एक्लै थिए, एक्कासि ठूलो हूल
जम्मा भयो ।
माओवादीले सेनापति विवादका कारण नौ महिने सत्ता
छाड्नुपरेको १६ दिनपछि जेठ ७ गतेको घटना हो यो । विमानस् थल प्रवेशका लागि
गोल्डेन गेटबाट सर्वसाधारण सजिलै भित्र जान पाउँदैनन् । तर, त्यसदिन
यस् तो घटना भयो, जसमा जम्मा भएका व्यक्तिहरूले मुख्य प्रवेशद्वारको भन्दै
आइएको कडा सुरक्षा घेरा कसरी पार गरे भन्ने खोजीको विषय त बनाएकै छ, अझ
त्यहीँभित्र कार्यालय रहेका सैनिक अधिकारीको 'खानतलासी' अत्यन्त सजिलै गरी
हुनुले नेपालमा सेनालाई समेत चेकजाँच गर्ने अर्को गतिलो फौजी संयन्त्रले
सरकारी आधिकारकिता पाएको सन्देश दिइरहेको थियो ।
यसरी अर्कै समूहको
'खानतलासी'मा पर्ने नेपाली सेनाको ११ बाहिनीका प्रमुख सेनानी हुन्, कैलाश
गुरुङ । 'खानतलासीकर्ता' थिए, नेकपा माओवादीसम्बद्ध वाईसीएलका युवाहरू ।
विमानस् थलको त्यस क्षेत्रमा उनीहरूको एउटा ठूलो समूह १५ दिनअघिदेखि नै
अड्डा जमाएर बसेको थियो । युनियनका नाममा बसेका यी सबैको जागिर
विमानस् थलभित्र छैन । तर, उनीहरूले विमानस् थलको ३१ लाख रुपियाँको एउटा 
कामका लागि ७ गतेसम्म कार्यालय समयभर त्यहीँ बिताएका थिए । काम थियो,
विमानस् थलका ठेकेदारलाई प्रतिस् पर्धी नै आउन नदिनु । केही वर्षदेखि
नेपालमा ठूला रकमका ठेक्कापट्टामा डन र तिनका समूहको प्रयोग हुँदै आएको छ,
जसले उनीहरूलाई काम दिनेबाहेक अरूलाई कानुनको रतिसम्म पनि पुर्‍याउन
दिँदैनन् । तिनले जसलाई चाह् यो, त्यसको मात्र र्फमले प्रवेश पाउने र
हाकिमलाई कानुनको रति पुर्‍याउने बाटो सहज बनाएदिएर सरकारी ठेक्का चाहेको
मानिसलाई दिलाउँदै आएका थिए । तर, माओवादी शान्ति प्रक्रियामा आएपछि
त्यस् तो काम वाईसीएलले गर्दै आएको विभिन्न घटनाहरूले पुष्टि गररिहेका
छन् । विमानस् थलको पछिल्लो तमासा पनि त्यसैलाई पुष्टि गर्ने एउटा घटना
हुन पुगेको छ ।
घटनाविवरण अनुसार, विमानस् थलले जहाज अवतरण गर्ने र
उड्ने मैदानको वरपिर िपलाउने घाँस तथा डे्रनेज सफा गर्नका लागि एक वर्षमा
३१ लाख रुपियाँ खर्च गर्ने विवरणसहित एक महिनाअघि टेन्डर आह् वान गरेको
थियो । यसका लागि ठेकेदारहरू विमानस् थल जानु स् वाभाविक थियो तर सुरुकै
दिनदेखि नै टेन्डर बुझ्ने ठाउँमा युनियनका नाममा तैनाथी सुरु भयो ।
पीडितहरूका अनुसार, धेरै दिनसम्म वाईसीएलले चाहेकाबाहेक अरू र्फमहरू दर्ता
हुन सकेनन् । वैशाख ५ गते एक जना महिला टेन्डर र्फम लिएर विमानस् थल
पुगिन् तर दर्ता गर्न सकिनन् । सशरीर उपस् िथत भएर दर्ता गर्न नसकेपछि
कुरयिर गरेर हुलाकमार्फत उनले भोलिपल्ट पठाइन् । ६ गते अपरान्ह ४.२० बजे
हुलाकबाट टेन्डर र्फम विमानस् थल पुग्यो । खामबन्दी गरएिको र्फम हुलाकीका
हातबाट लिएर वाईसीएलका युवाले ओल्टाइपल्टाइ हेरे तर साधारण पत्र ठानेर
कार्यालयमा बुझाउन अनुमति दिए । स्रोतका अनुसार, विमानस् थलको सिभिल मर्मत
शाखाका प्रमुख मुकुन्द भण्डारीले खाम खोलेर हेर्दा टेन्डर र्फम देखे ।
"विधि पुगेको र्फम आयो, मैले रोक्ने कुरा नियमसंगत थिएन," भण्डारीले
नेपालसँग भने ।
दर्ता भएको खबर वाईसीएल कार्यकर्ताहरूले पाएपछि
एक्कासि हूल जम्मा भयो र भण्डारीलाई घेर्न पुग्यो । साढे ७ बजेसम्म
घेराउमा परेका उनले कानुनी रायमा 'दर्ता गर्न उपयुक्त थिएन' भन्ने बेहोरा
आए, त्यो र्फम स् वतः रद्द हुने बताएपछि झन्डै ३० जनाजतिको वाईसीएलको
हूलले उनको कार्यालय छोडेको थियो ।
एउटा त हुलाकका कारण दर्ता भयो तर
फेर िअर्को दर्ता नहोस् भनेर उनीहरू ७ गते दिनभर ितैनाथ थिए । बाटो
हिँड्नेजतिको 'खानतलासी' लिएका थिए, उनीहरूले त्यहीबीचमा मोटरसाइकल चढेर
सिभिल लुगामा १४ नं बाहिनीतर्फ गइरहेका प्रमुख सेनानी गुरुङलाई उनीहरूले
रोके, वरपिरबिाट घेरा पनि हाले । उनीसँग नाम मात्र सोधिएन, जाने ठाउँका
बारेमा पनि सोधियो । उनलाई पनि टेन्डर भर्न आएको भन्ठानेर रोकिएको रहेछ,
झोलासमेत हेरेपछि उनलाई छाडिदिए । गुरुङ सरासर भित्र गए र कालीबहादुर गणमा
रपिोर्ट गरे । सेनाको एउटा टोली तत्काल चेकजाँचस् थलमा पठाइयो । कर्णेलको
शरीर 'खानतलासी' गररिहेको टुलुटुलु हेरेर बसेको गौशाला प्रहरीको एउटा
टोलीलाई सेनाले गाली मात्र गरेन, छामछुम गर्ने वाईसीएलका कमान्डरहरूलाई
धकेल्दै गेटबाहिर पुर्‍याइदियो । वाईसीएलको कर्म हेरेर बसेका प्रहरीमा पनि
यसपछि भने उत्साह थपियो र उनीहरू पनि वाईसीएल ठेल्न खटिए ।
सेनाले
वाईसीएल कार्यकर्ताहरू धपाएको थाहा पाएपछि टेन्डर भर्न नपाएर त्यत्तिकै
बसेका ठेकेदारहरू पनि विमानस् थल पुगेर र्फम बुझाएका थिए । वरष्िठ नेता
बाबुराम भट्टराईले अर्थमन्त्री भएको अवधिमा सरकारी राजस् व छल्ने र आर्थिक
अपराध गर्नेउपर कडा कदम उठाएकामा गर्व गरेको धेरै दिन नबित्दै लाखौँको
टेन्डरमा भएको यो ज्यादती पार्टीले निर्धारण गरेको आर्थिक अपराधभित्र पर्छ
कि पर्दैन ? त्यसमाथि पनि घटना भएका मितिसम्म विमानस् थल बाबुरामपत्नी
हिसिला यमीले कमान्ड गरेको पर्यटन मन्त्रालयकै महत्त्वपूर्ण अंग हो ।
Read Full Discussion Thread for this article