Posted by: sidster May 29, 2009
"I have a dream....- Dr. B. R. Bhattarai
Login in to Rate this Post:     0       ?        
People who discount Baburam for being a terrorist should also discount Army for its terrorism. Read about these Loonies torturing a 15 year old girl and killing her during the torture. Waterboarding seems to be a good deal in that poor girl's case.

http://nepal.ohchr.org/en/resources/Documents/Nepali/reports/IR/Year2006/2006_12_01_HCR%20_Maina%20Sunuwar_N.pdf


उक्त प्रतिवेदनका अनुसार, नेसेका अधिकृतहरूले मैना सुनुवारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको

आफ्नो घरबाट २०६० फागुन ५ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगे। सो

तालिम केन्द्रमा तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम एक मिनेट ६-७ पटक पानीको

एउटा ठूलो भाँडोमा मैना सुनुवारको टाउको डुबाउन आदेश दिने दुई सहसेनानीसहित सात नेसे अधिकृत

र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो । प्रतिवेदनका अनुसार, सैनिकहरूले त्यसपछि उनका

भिजेका हात र खुट्टामा चारपाँचपटक करेन्ट लगाए। यातना डेढघण्टा जारी रहृयो र यसपछि उनलाई

तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी

लगाएर छोडियो। उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन् र चिकित्सकीय सहयोग

आइपुग्नुभन्दा अगाडि उनको मृत्यु भयो । कोर्ट अफ इन्क्वायरी बोर्डले “यातना दिंदै सोधपुछ गर्ने क्रममा

यातना सहन नसकी निजको मृत्यु भएको” र “अपरिपक्व, अदक्ष ढङ्गको यातनापूर्ण व्यवहार अमानवीय

भएको” निष्कर्ष निकाल्यो ।

कोर्ट अफ इन्क्वायरी बोर्डको प्रतिवेदनले मैना सुनुवारको यातनामा संलग्न अधिकृत र सैनिकहरूले यो

मृत्युको ढाकछोप गर्न प्रयत्न गरेको पनि निष्कर्ष निकाल्यो । शवको पिठ्मा गोली हानिएको र

यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका इन्चार्ज महासेनानीले नेसेको

हिरासतबाट भाग्न खोज्दा मैना सुनुवारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे । कोर्ट

अफ इन्क्वायरी बोर्डले “श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट एक वर्ष अगाडि पठाइएको विवरणसाग

… कुनै हालतमा पनि सहमत हुन सक्ने अवस्था रहेन । उक्त तालिम केन्द्रका तत्कालीन निमित्त प्रमुख

म. से. बबी खत्रीले हुादै नभएको कुरालाई अतिरञ्जित तवरले कपोलकल्पित कुराहरू लेखी लेखाइ

घटनाको झुठो विवरण … पठाएको” भन्दै सो प्रतिवेदन ठाडै अस्वीकार गर्‍यो । कोर्ट अफ इन्क्वायरी

बोर्डले महासेनानी बबी खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी अमित पुनविरुद्ध “सैनिक

ऐनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने” सिफारिस पेश गर्‍यो ।
Read Full Discussion Thread for this article