Posted by: Maylumaya May 28, 2009
कोसीको बाँध फेरि फुट्यो
Login in to Rate this Post:     0       ?        

कोसीको बाँध फेरि फुट्यो



 


इनरुवा, कोसीको बाढीले गत वर्ष भत्काएको पूर्वपश्चिम राजमार्गको लौकही-भान्टाबारी खण्डको शिवचोकमा बुधबारदेखि पुनः बाटो अवरुद्ध भएको छ ।

कोसीमा पानी बढेसँगै सिपेजको पानीको ठूलो हिस्सा सडक खण्डको मध्यभाग भएर बग्न थालेको र लगातारको वषर्ापछि बनाइएका डाइभर्सन क्षतिग्रस्त भई बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्धपछि बुधबार उक्त क्षेत्रमा सयौं सवारी अलपत्र परेका छन् भने यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् । सडक डिभिजन कार्यालय विराटनगर र हेभी इक्विपमेन्ट कार्यालय इटहरीबीच विवादले समयमै पुनर्निर्माण नहुँदा राजमार्ग अवरुद्ध भएको सुनसरीका प्रजिअ हरिकृष्ण उपाध्यायले बताए ।

लौकही-भान्टाबारी सडक खण्डको पुनर्निर्माणमा व्यापक रूपमा अनियमितता भएका कारण समयमा निर्माण हुन नसकी यो अवस्था आएको प्रजिअ उपाध्यायको दाबी छ । तीन महिनादेखि उक्त सडकको पुनर्निर्माण थाले पनि सडक डिभिजन कार्यालय विराटनगर र हेभी इक्विपमेन्ट डिभिजन कार्यालय, इटहरीबीच झगडाले काम पूरा हुन सकेको छैन भने भएका काम पनि गुणस्तरहीन

छन् । गत भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएपछि बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत लौकही-भान्टाबारी खण्डको शिवचोकमा करिब ६ सय मिटर सडक बगाएको थियो । सडकलाई बाढीले बगाएपछि केही दिनसम्म डुंगामा यात्रु वारपार गराइएको थियो । हाल त्यहाँ बनाइएको डाइभर्सनबाट सवारी साधन ओहोरदोहोर गर्ने गरिएको थियो । पछि भत्केको पूर्वी तटबन्ध पुनर्निर्माणका लागि कोसीको बीचमा कोफरड्याम निर्माण गरी पानीलाई ब्यारेजतर्फ फर्काइएपछि सडकको काम पनि सुरु भएको थियो ।

माटो र रोलिङको कामको जिम्मा पाएको हेबी इक्विपमेन्टले माटो हाल्नुपर्ने ठाउँमा नजिकैबाट बालुवा हालेर रोलिङ नै नगरी काम सकेको बताएपछि सडक डिभिजनले ग्राभेल गर्ने अवस्था नरहेको भन्दै काम रोकेको थियो । माटो हाल्नुपर्ने ठाउँमा बालुवा हालेकाले सडक बन्नुभन्दा पहिले नै भत्किन थालेपछि मात्र बालुवा हालेको रहस्य खुलेको थियो ।

'ग्राभेल नहुँदै सडक भत्किन थालेपछि हामीले सोधीखोजी गर्दा माटोको ठाउँमा बालुवा हालेको पायांै,' सुनसरीका प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।

Read Full Discussion Thread for this article