Posted by: Maylumaya May 28, 2009
नेपाल सीमास्तम्भ मर्मत-सम्भार भएन
Login in to Rate this Post:     0       ?        

 



 


नेपाल सीमास्तम्भ मर्मत-सम्भार भएन



कमल पन्थी


गुलरिया, बर्दियास्थित नेपाल-भारत सीमामा सुगौली सन्धिमा निर्धारण गरेको ११ स्तम्भ तोडफोड भएको छ । यस विषयमा सम्बन्धित निकायले कुनै चासो नदेखाएकाले मर्मत-सम्भार हुन सकेको छैन । सशस्त्र सीमा सुरक्ष्ाा बलले तीन महिनाअघि ती स्तम्भ तोडफोड र हराएको अवस्थामा फेला परेको हो ।

सीमा सुरक्ष्ाा बलले भने जीर्ण भएकाले यस्तो अवस्था हुन गएको जनाएको छ । सीमावर्ती ताराताल-१ का नरबहादुर क्ष्ाेत्रीले छिमेकीले स्तम्भ मेटाएर सीमा मिच्न सक्ने आशंका गरेका छन् । भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्लासँग जोडिएको मुख्य सीमा स्तम्भ नं ४१, ४७, ४९, ५०, ५२, ५३, ५६, ६२, ६५, ६७ र ६८ टुटफुट अवस्थामा रहेको सशस्त्र सुरक्ष्ाा बल, बर्दियाका प्रहरी उपरीक्षक नारायणदत्त पौडेलले बताए । पौडेलले भने, गुलरिया नगरपालिकाको बबई नदीस्थित नेपाल-भारत सीमामा रहेको स्तम्भ नं ५८ पनि हराएको छ । जिल्लालाई भारतीय भूभाग छुट्टाउने मुख्य सीमास्तम्भ ५८ वटा छ । जिल्लाको पूर्वमा रहेको जमुनी हुँदै पश्चिम राजापुरसम्मका स्तम्भ नं ४१ देखि ९८ को छ । तीन वर्षअघि यस क्ष्ाेत्रमा आएका नेपाल-भारत टोलीले सीमास्तम्भ नं ६१/२ देखि ६१/८ सीमा निर्धारण र मर्मत गर्दागर्दै फर्केका थिए ।

टोलीले यस क्ष्ाेत्रमा सीमा विवाद देखेपछि काम नगर्ने वातावरण भएको भन्दै फर्केको थियो । मालपोतको ००४ सालको अभिलेखमा अहिले भारतमा रहेको भूभाग सलारपुर गाउँ नेपालमा देखिन्छ । गंगाधर नाम गरेका नेपाली जमिन्दारको करिब ६७ बिघा जमिन सलारपुरमा छ । यसैगरी भारतले दसगजामा पक्की सडक निर्माण गरेको छ भने एसएसबी क्याम्प दसगजामा सटाएर बनाएको स्थानीयले जनाएका छन् ।

स्तम्भ नं. ६१ स्थित भारतको चित्तलहवामा पक्की सडक निर्माण गरेका छन् । त्यो क्ष्ाेत्रमा नेपाली र भारतीयले दसगजा मिचेर घर टहरा बनाएका छन् । प्रजिअ बेदबहादुर कार्कीले भने, नियमित रूपमा आउनुपर्ने संयुक्त नापी टोली नआएको बताउँछन् । सीमासम्बन्धी संयुक्त नापी टोलीबाट स्पष्ट भएपछि मात्र यथार्थ बाहिर आउने बताए ।

यसैबीच गुलरिया-८ बस्ने कृष्णगोपाल गुप्ताले ००६ सालदेखि जोतभोग गर्दै आएको जग्गामा भारतीयले कब्जा गरेर पीसीओ चलाएको आरोप लगाएका छन् । बाजेको पालादेखि जोतभोग गरेको करिब ५ कठ्ठा जग्गा भारतीय सुरक्ष्ााकर्मीले ३ वर्षदेखि खेती गर्न रोक लगाएका छन् । उनले सीमावर्ती सुरजपुर चौकीनजिक रहेको स्तम्भ नं ६३ र ६४ बीचमा आफ्नो खेत

रहेको बताए ।

भारतीय सुरक्षाकर्मीले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका

छन् । उनीलगायत १२/१५ भन्दा बढीले ३ वर्षअघि स्थानीय प्रशासनमा जग्गा फिर्ता गरिदिन माग गरेका थिए । भारतीय पक्ष्ाले भने ती जमिन खेती गर्न रोक लगाएको पीडितले बताए । यस सम्बन्धमा प्रजिअ कार्कीले आफूलाई कुनै जानकारी नभएको र पीडित व्यक्तिबाट कुनै उजुरी नआएको बताए । सीमा समस्याप्रति सरकारको उदासीनताप्रति मधेसी जनअधिकार फोरमका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद यादवले आपत्ति जनाएका छन् । उनले सीमा विवाद चाँडै समाधान हुनुपर्ने बताए ।

Read Full Discussion Thread for this article